एमाले सरकार निर्माणमै केन्द्रित

+
-

काठमाडौं-निर्वाचनपछि देखिएको राजनीतिक गतिरोधलाई नयाँ निष्कर्ष दिने आशा गरिए पनि नेकपा (एमाले) को स्थायी समिति बैठकले त्यस्तो सम्भावना देखाएको छैन ।

शुक्रबार दिउँसो एमाले उपाध्यक्ष वामदेव गौतमको निवासमा बसेको बैठक ढिलो गरी टुंगिए पनि नयाँ निष्कर्ष भने आएन। प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको पाँच दलको बैठक बिना निष्कर्ष टुंगिएपछि बसेको सो बैठकबाट नयाँ निष्कर्ष आउने आशा गरिए पनि त्यस्तो हुन सकेन।

पाँचदलको बैठकमा जसरी नै एमालेले राष्ट्रिय सभाको निर्वाचनमा एकल संक्रमणीय प्रणाली नमान्ने आफ्नो अडान थाँती नै राख्ने निर्णय गरेको छ। बरू एमाले सरकार निर्माणमै केन्द्रित हुने देखिएको छ। बैठकले तुरून्त नयाँ सरकार गठनको वातावरण बनाउन निर्वाचन आयोग र प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराउने निर्णयसमेत गरेको छ।

बैठकपछि विज्ञप्ति जारी गर्दै सरकार गठनको तयारीमा जुट्ने बताएको छ। त्यस्तै विज्ञप्तिमा नेकपा (माओवादी केन्द्र)सँगको एकता प्रक्रियालाई तीव्रता दिँदै यथाशीघ्र निष्कर्षमा पुर्याउने निर्णय भएको जनाइएको छ। आमनिर्वाचनपछि पहिलो पटक बसेको एमाले स्थायी समितिको बैठकले निर्वाचन परिणामको समीक्षा समेत गरेको सहभागी नेताहरुले जानकारी दिएका छन्।

यो पनि हेर्नुहोस्:

कसरी होला एमाले र मा‌ओवादीबीच सैद्धान्तिक मिलन?

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?