‘एक–दुई दिनभित्रै पर्यटन लक्षित खोप ल्याइने’

‘एक–दुई दिनभित्रै पर्यटन लक्षित खोप ल्याइने’
+
-

गण्डकी – गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलले पर्यटन क्षेत्रलाई लक्ष्य गरी एक–दुई दिनभित्रै कोभिड–१९ विरुद्धको खोप कार्यक्रम पोखरामा अगाडि बढाउने बताएका छन्।

पश्चिमाञ्चल होटल संघद्वारा सोमबार पोखरामा आयोजित ‘पर्यटनको वर्तमान अवस्था र राज्यको दायित्व’ विषयक छलफलमा उनले प्रथम चरणमा परिषद्अन्तर्गतको संघलगायत सदस्य संस्थाका लागि दुई हजार पाँच सय मात्रा खोप व्यवस्था गरिएको जानकारी दिनुभयो। थप खोप क्रमशः प्रदान गरिने उनले बताए।

पर्यटन व्यवसायी र सम्बन्धित सरोकारवाला तथा विज्ञसँग बसेर आफूले पर्यटन पुनरुत्थानको योजना ल्याउने तयारी गरिरहेको बताउँदै मन्त्री कँडेलले कोभिडलाई लक्षित गरी प्रदेश सरकारले ल्याएको एक अर्ब रुपैयाँको व्यवसाय जीवन रक्षा कोषको व्यवस्था यथावत् रहेको जानकारी दिए। बाग्लुङको बलेवास्थित विमानस्थललाई सञ्चालनमा ल्याउने, हिमागृह खोल्ने, पोखराको पर्यटन बसपार्क निर्माण कार्यलाई अन्तिम चरणमा पु¥याउने जस्ता विषयमा आफूले ध्यान दिएको उनले बताए।

पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले खोपबिना पर्यटन क्षेत्र अघि बढ्न नसक्ने कुरालाई केही महिनायता उठाउँदै आएको जानकारी दिँदै न्यून मात्रामा भए पनि पर्यटन क्षेत्रका लागि खोप छुट्याइनु सकारात्मक भएको बताए। कोभिडबाट उत्पन्न परिस्थितिका कारण पोखराका २५ प्रतिशत होटल बन्द भएको र ६५ प्रतिशत मजदुर पलायन भएको जानकारी दिँदै उनले सरकारको प्रतिबद्धताअनुरूप विद्युत्मा छुटको घोषणा कार्यान्वयनका साथै अन्य राहतका कार्यक्रम अघि बढाउन माग गरे।

कार्यक्रममा संघका सल्लाहकार बच्चुराम तिवारी, हरि शर्मा गैरे र गोविन्दराज पहारीले कोभिडका कारण पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित भएको बताउँदै यस क्षेत्रका लागि तत्काल राहतका कार्यक्रम घोषणा गर्न माग गरे।

संघका निवर्तमान अध्यक्ष एवं होटल संघ नेपालका केन्द्रीय सदस्य भरतराज पराजुली, सहकोषाध्यक्ष नरेशबहादुर भट्टराई लगायतले कोरोना प्रभावित पर्यटनलाई बचाउनेतर्फ ध्यान दिँदै कार्यक्रम आउनुपर्नेमा जोड दिए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष