व्यङ्ग्य गजल

टिलो हुन्छ पछि

टिलो हुन्छ पछि
+
-

कुर्सिबाट पछारिँदा निलो हुन्छ पछि
मुटु भित्र ठोकिएको किलो हुन्छ पछि।।

बेलैमा थन्को मन्को गर्दा जाती होला
आलरामको भर पर्दा ढिलो हुन्छ पछि।।

पम्पु लगाइ फुलेको सारो हुन्छ बहुत
पंचर भइ हावा जाँदा गिलो हुन्छ पछि।।

अर्काले भिराएको नौलो चलन ल्याउँदा
निचोर्दा पनि नफोरिने पिलो हुन्छ पछि।।

जस्ले पायो उस्ले खायो बेला बखतमा
मुख तिर दल्दै खेल्ने हिलो हुन्छ पछि।।

कुखुरा बेच्दा कर उठाइ बटुलेको रकम
बाँडिचुँडी पोली खाने बिलो हुन्छ पछि।।

जति सक्यो बटुल्छन् हातमा डाडु हुँदा
छाप बेसाउन खाँचोमा जिलो हुन्छ पछि।।

फुकादाम देखे पनि जिब्रो तन्काइ टिप्ने
ढिकुरोमा काम लाग्ने टिलो हुन्छ पछि।।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?