संसद्‌मा सांसदहरुले उठाए यी रोचक कुरा

संसद्‌मा सांसदहरुले उठाए यी रोचक कुरा
+
-

काठमाडौँ – प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदहरूले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। सांसद विमला नेपालीले सर्वोच्च अदालतले वर्गको आधारमा सार्वजनिक सेवामा आरक्षण दिनुपर्छ भन्ने सन्दर्भमा फैसला गरेको भन्दै उक्त फैसला नेपालको संविधानविपरीत भएको बताइन्।

अदालतले दलित, मधेसी, महिला, मुस्लिम, अपांग र पिछडिएको क्षेत्रको अपमान गरेको उनको भनाइ थियो। सांसद नेपालीले भनिन्, ‘उक्त फैैसला वर्तमान नेपालको संविधान र प्रचलित कानुनसँग बाझिएको हकमा के हुने भन्ने वैधानिक प्रश्न खडा गरेको छ । सम्मानित सर्वोच्च अदालतबाट दलित, मधेसी, महिला, मुस्लिम, अपांगलगायत पिछडिएको क्षेत्रको अपमान गरिएको छ।’

सांसद विमला विकले दार्चुलाका युवा जयसिंह धामी बेपत्ता प्रकरणमा सरकारले अपराध भन्न नसकेको बताइन्। प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्रीसँग कुरा गर्न नसकेको पनि उनले उल्लेख गरिन्।

उनले भनिन्, ‘संसारले देख्नेगरी भएको यो जघन्य अपराध, अपराध हो भनेर चर्को स्वरमा मेरो सरकार किन भन्न सक्दैन? मेरो देशका प्रधानमन्त्री भारतका प्रधानमन्त्रीलाई आँखामा आँखा जुधाएर अपराधमा कारबाही गर भनेर कहिले भन्न सक्नुहुन्छ ? यस्तै बेला केपी ओलीको याद आउँछ। आज सबैले भनिरहेका छन्, वि मिस यू केपी ओली भनेर।’

सांसद भरतकुमार शाहले रासायनिक मलको अभाव भएको भन्दै मलको व्यवस्था गर्न सरकारसँग माग गरे। तराईमा गाई–गोरु तस्करी भइरहेकाले त्यसलाई रोक्न पनि उनले सरकारसँग माग गरे।

सांसद भीमसेनदास प्रधानले काठमाडौं उपत्यकावरिपरिका डाँडामा प्लटिङ गर्ने काम हुनाले पर्यावरणमा समेत असर परेको भन्दै यसलाई रोक्न सरकारले ध्यान दिनुपर्ने बताए।

सांसद मनकुमारी जिसीले सरकारले अफगानिस्तानबाट नेपाली नागरिकलाई नेपाल फर्काउनुपर्नेमा चुप बसेको बताइन्। सांसद मीना सुब्बाले बेलायतमा पूर्व गोरखा सैनिकहरू अनशन बसिरहेको सम्बन्धमा नेपाल सरकारले कूटनीतिक पहल गर्नुपर्ने माग गरिन्।

सांसद यज्ञराज सुनुवारले अफगानिस्तान घटनाबाट पाठ सिकेर अघि बढ्न सरकारलाई सचेत गराए।

उनले भने, ‘जुन देशका नागरिकले त्यो देशको सरकारलाई सहयोग गर्दैनन्, केवल बाहिरको सेना र सहयोगले मात्रै त्यो देशको सत्ता टिक्दो रहेनछ भन्ने कुरा अफगानी राष्ट्रपति र त्यहाँका शासकले देश छाड्नुपरेको घटनाले हामीलाई झस्काइरहेको छ। यतिबेला हामी पनि अमेरिकी सहयोग एमसिसी, एमसिसी भनेर बुरुक बुरुक नउफ्रिऔँ । यसतर्फ ध्यान दिऔँ।’

सांसद रंगमती शाहीले ओली नेतृत्वको अघिल्लो सरकारलाई कलियुगको धुन्दुकारी सरकार भएको टिप्पणी गर्दै अहिलेको देउवा नेतृत्वको सरकार गोकर्णको रूपमा आएको टिप्पणी गरिन्।

उनले भनिन्, ‘हाम्रो भाषामा भन्दा दुई तिहाइ पाएका पूर्वप्रधानमन्त्री कलियुगका धुन्दुकारी नै हुनुभयो। जसले आफ्नो पार्टी र संसद् दुवैतिर धुन्दुकारीको भूमिका निर्वाह गर्नुभयो। अब गोकर्णको रूपमा सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाको अवतरण भएको छ। यसमा सबैको कल्याण हुन्छ ढुक्क हुनुस्। यो सरकारले नयाँ नक्सा छापिएको पुस्तकको वितरण रोक्दैन। बालुवाटारबाट शासन गर्दैन। ललिता निवास, यति, ओम्नी र ७० करोड भिडियो प्रकरण, वाइडबडीमा भएको भ्रष्टाचारको आफैँ अख्तियारको प्रमुख भएर जवाफ दिँदैन। ढुक्क हुनुस् आफूलाई निद्रा नलागे राष्ट्रपतिज्यूलाई रातभर जाग्राम राख्दैन। सत्ता जोगाउन पशुपतिमा जलहरी चढाउँदैन। सांसद अपहरण पनि गर्दैैन। सकेसम्म निजी सम्पत्ति सरकारलाई दिने घोषणा गर्छ।’

सांसद राजबहादुर बुढा क्षेत्रीले कोरोनाका कारण शिक्षा क्षेत्रमा ठूलो धक्का लागेको भन्दै खोप दिएर पठनपाठन र परीक्षा सञ्चालन गर्नुपर्नेमा जोड दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?