जनगायक जेबी टुहुरेको अन्तिम बिदाइ (तस्बिरहरु)

जनगायक जेबी टुहुरेको अन्तिम बिदाइ (तस्बिरहरु)
+
-

काठमाडौँ– जनगायक जेबी टुहुरेको अन्तिम संस्कार गरिएको छ। उनको पशुपति आर्यघाटमा बिहीबार साँझ अन्तिम संस्कार गरिएको हो।

दिवंगत टुहुरेलाई अन्तिम श्रद्धाञ्जली दिन पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, एमाले नेता प्रदीप ज्ञवाली, नेकपा माओवादी केन्द्रका नेता बर्षमान पुन, गिरीराजमणि पोखरेल, जनगायक जीवन शर्मा लगायत पशुपति आर्यघाट पुगेका थिए।

यसअघि टुहुरेको पार्थिव शरिरलाई अन्तिम श्रद्धाञ्जलीका लागि दिउँसो पार्टी कार्यालय पेरिसडाँडामा राखिएको थियो। उनलाई अन्तिम श्रद्धाञ्जली दिन नेकपा माओवादी केन्द्रका नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्ण बहादुर महरा लगायत नेताहरु पेरिसडाँडा पुगेका थिए।

टुहुरेको ७८ वर्षको उमेरमा बयोधा अस्पतालमा उपचारका क्रममा बिहीबार निधन भएको थियो। कलंकीस्थित घरमा एक्कासी लडेपछि उनलाई बयोधा अस्पताल लगिएको थियो।

उनलाई करिब तीन हप्ता पहिले स्ट्रोक भएको थियो। स्ट्रोकले घरमै लडेपछि उनलाई उपचारका लागि बल्खुस्थित बयोधा अस्पतालमा भर्ना गरिएको थियो। उपचारको क्रममा बिहीबार बिहान उनको निधन भएको हो।

उनका आमा दिदी बैनी हो, चौरी चर्ने ठाउँमा लगायतका गीत चर्चित छन्।

उनी नेकपा (माओवादी) केन्द्रका तर्फबाट संविधानसभा सदस्य थिए। मंगलबार मात्रै सरकारले उनको उपचारमा लाग्ने सम्पूर्ण खर्च ब्यहोर्ने बताएको थियो ।

आफ्ना गीतहरुमार्फत आन्दोलनहरुमा अग्र मोर्चामा देखिने उनी महिला अधिकार र सशक्तिकरणका पक्षमा वकालत गर्थे।

तस्बिरहरुः सुजाता खत्री/देश सञ्चार। 

यो पनि पढ्नुहोस्

जनगायक जेबी टुहुरेको निधन

जनगायक जेबी टुहुरेको निधन

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?