विराटनगरमा स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय खोल्न सरोकारवाला सकारात्मक

विराटनगरमा स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय खोल्न सरोकारवाला सकारात्मक
+
-

मोरङ – कोरोना संक्रमणका कारण बन्द गरिएका शैक्षिक संस्था खोल्ने विषयमा विराटनगर महानगरपालिकाले छलफल सुरु गरेको छ।

महानगरपालिकामा आइतबार आयोजित कार्यक्रमबाट महानगरले विषयविद् तथा सरोकारवालासँगको छलफललाई तीव्रता दिएको हो।

कार्यक्रममा मेयर भीम पराजुलीले शैक्षिक क्षेत्र खुलाउन र स्वास्थ्य मापदण्ड पालना गरेर शैक्षिक क्षेत्र खोल्न छलफल गरेका हुन्। कार्यक्रममा महानगरका विद्यालयका सञ्चालक, अभिभावक संघका प्रतिनिधि तथा प्राध्यानाध्यापकले स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय खोल्नुपर्नेमा जोड दिएका थिए।

कोभिडका कारण शैक्षिक क्षेत्रमा परेको समस्या र वैकल्पिक रूपमा भइरहेको अनलाइन कक्षाले बालबालिकामा पारेको प्रभावका विषयमा समेत चिन्ता व्यक्त गरेका थिए। लामो समय मोबाइल, ल्यापटपको स्क्रिनमा बस्दा बालबालिकाको आँखा र मस्तिष्कमा समेत दीर्घकालीन असर पर्नेतर्फ पनि ध्यान दिनुपर्नेमा उनीहरूले जोड दिए।

छलफलमा विद्यालय सञ्चालन व्यवस्थापन कार्य ढाँचा निर्धारण गर्न शैक्षिक प्रशासन महाशाखाका शिक्षा अधिकृत कृष्ण भट्टराईको संयोजकत्वमा ७ सदस्यीय समितिसमेत बनाइएको छ। सो समितिले एक सातामा विद्यालय सञ्चालन गर्न परामर्श तथा व्यवस्थापन कार्यढाँचा निर्धारण गर्ने बताइएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष