
काठमाडौँ – ललिपुर पाटनको प्रसिद्ध कृष्ण मन्दिर कोरोना भाइरसको महामारीका कारण यो वर्ष पनि श्रीकृष्ण जन्माष्टमीका दिन सर्वसाधारणका लागि खुला गरिएको छैन ।
तर भक्तालुहरु भने बाहिरबाटै दर्शन तथा पूजाआराधनाका लागि पुगेका छन् । बाहिरबाट पूजा गर्न जानेहरुको लाइन पनि लामो देखिएको छ ।
अधिकांशले मास्क लगाएका छन् भने प्रहरीले लाइन व्यवस्थापन तथा अरु अवश्यक सहयोग गरिरहेको छ । तर महामारीका बिच पनि भक्तजनको घुइँचो भने बढी नै देखिएको छ ।
श्रीकृष्ण जन्माष्टमी पर्व सोमबार देशभर भगवान श्रीकृष्णको पूजा–आराधना गरि श्रद्धा–भक्तिपूर्वक मनाईँदै छ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ ।
देश सञ्चारकी फोटो पत्रकार बर्षा शाहले पाटन कृष्ण मन्दिरमा देखिएको भक्तजनको घुइँचोका केही तस्बिर खिचेकी छन् ।