आँधीले फिलिपिन्समा कम्तिमा सय जनाको मृत्‍यु

आँधीले फिलिपिन्समा कम्तिमा सय जनाको मृत्‍यु
+
-

एजेन्सी-फिलिपिन्सको दक्षिणी भेगमा आँधीले कम्तिमा सय जनाको ज्‍यान गएको छ।

आँधीपछि आएको बाढी र पहिरोमा परी दरेजनौ मानिसहरु हराइरहेको बीबीसीले जनाएको छ।

बीबीसीका अनुसार टेम्बिन नामक आँधीले मिन्डनाओ टापुका कैयौँ भागमा बाढी तथा पहिरो निम्त्याएको छ। उक्त आधीले टुबोड र पिआगापो शहर सबैभन्दा बढी प्रभावित भएका छन् भने कैयौँ घरहरु ढुङ्गाले पुरिएका छन्।

यस्तै पश्चिमतर्फ थप अगाडि बढ्नुअघि प्रतिघण्टा ८० किलोमिटर वेगको उक्त आँधी मिन्डनाओ टापु पार गर्दै दक्षिणी पालावनतर्फ बढिरहेको अन्तराष्ट्रिय सञ्‍चारमाध्‍यमले उल्लेख गरेको छ।

फिलिपिन्स नियमितजसो विध्वंसात्मक आँधीको चपेटामा पर्दै आएको टुबोडका एकजना प्रहरीले जनाएको छ। उनका अनुसार उक्त शहरमा कम्तीमा १९ जनाको मृत्यु भएको छ।

उनले भनेका छन्, ‘नदीमा पानीको बहाब र अधिकांश घरहरु बगाएर लग्यो। त्यहाँ अहिले गाउँ नै छैन।’ एक हप्ताअघि काइ टाक नामक आँधीका कारण मध्य फिलिपिन्समा दर्जनौं मानिसको ज्यान गएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?