
दमौली – तनहुँको भिमाद नगरपालिकामा चट्याङ लागेर शुक्रबार एक युवाको मृत्यु भएको छ। मृत्यु हुनेमा भिमाद–९ ढुंगेका २४ वर्षीय अर्जुन विक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
घरबाहिर काम गर्दै गर्दा चट्याङ लागेर घाइते भएका विकको बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए।