
एजेन्सी – ‘यदि तपाई पुरुषसँग हिल र कपडा लगाउनको लागि सोधखोज गर्नुहुन्न भने मलाई पनि तपाईँ सोध्न पाउनुहुन्न।’ यो भनाइ ट्वाइलाट सागा चलचित्रकी अभिनेत्री क्रिस्टिन सिवर्टको हो। ट्वाइलाइट त्यही चर्चित चलचित्र हो जसमा भ्याम्पायरले मानिसको रगत चुस्थे।
क्रिस्टिन कान्स फिल्म फेस्टिबलमा निर्णायक बनेर पुगेकी थिइन्। उनी रेड कार्पेट राम्रो सिल्भर रंगको कपडामा सजिएकी थिइन् र कालो रंगको अग्लो हिल लगाएकी थिइन्। केही पाइला हिँड्दै गर्दा जब खुड्किला आयो, उनले हिल फुकालिन्।
तर उनले हिल फुकाल्नु कान्स फिल्म फेस्टिबलको ‘नो फ्लोट्स पोलिसी’ को विरुद्धमा थियो। तर फिल्म फेस्टिबलमा भएको पहिलो घटना भने होइन। सन् २०१५ मा चलचित्र निर्माता वेलेरिया रिक्टरलाई अग्लो हिल नलगाउने कारणले फेस्टिबलमा जान रोकेको थियो। पछि रिक्टरले भित्र जाने अनुमति पाइन्, वेलारिसाको एउटा खुट्टा नक्कली थियो, यही कारणले उनले हिलको सट्टामा फ्ल्याट जुत्ता लगाएकी थिइन्।
यस्तो घटना कान्स फिल्म फेस्टिबलमा मात्र होइन, अन्त पनि भएको छ। केही वर्षअगाडि लन्डनमा फाइनेस कम्पनीले रिसेप्सनिस्टलाई अग्लो हिल लगाउन नमानेपछि जागिरबाट निष्कासन गरेको थियो। यसको विरोधमा ती महिलाले आवाज उठाइन् र उनको पक्षमा १० हजार भन्दा धेरै मानिस उभिए र सरकारले जवाफ दिनुभयो।
कहाँबाट आयो यो टिकटक हिल?
अग्ला हिल लगाउने आफ्नै तरिका र ठाउँ हुन्छ। अग्लो हिल लगाएर हिलो जमिन, पहाड वा ढुंगा भएको बाटोमा राम्ररी हिँड्न सकिँदैन। यस्तोमा केही विशेष उद्देश्यको लागि यो जुत्ता बनाइएको हुनसक्छ ।
अग्लो हिलको जुत्ता सदियौँदेखि घोडासवारी गर्ने कामको लागि प्रयोग गर्ने गरिन्थ्यो। इरान र पर्सियामा त्यो समयमा राम्रो घोडा चालक हुन जरुरी थियो। जब घोडा चलाउने व्यक्ति दौडिएर घोडाबाट तीरको निशाना लगाउँथे, यही अग्लो हिलले उनले आफ्नो घोडालाई नियन्त्रण गर्थे। जब सन् १५९९ मा पर्सयाका शाह अब्बासले यूरोपमा आफ्नो राजदूत पठाए, उनीसँगै हिल भएको जुत्ता यूरोप पुग्यो। त्यो समयमा अग्लो हिल जुत्ता नै पुरुषको पहिचान हुने माहोल थियो।
जसरी यो शोख धनी व्यक्तिबाट विस्तारै साधारण मानिसको पहुँचमा पुग्यो, धनीले आफ्नो हिलको उचाइ बढाउन थाले र अग्लो जुत्ताको चलन आयो।
फ्रान्सको लूइस महान शासक थिए तर उनको उचाई मात्र पाँच फिट चार इन्च थियो । उनले १० इन्चको अग्लो हिल लगाएर आफ्नो उचाइको कमीलाई पुरा गरे।
हिजोआज हिल बनाउन सजिलो छ तर त्यो समयमा यस्तो हिल बनाउन इन्जिनियरिङ चुनौती थियो।
जब महिलाको पुरुषजस्तै देखिने फेशन चल्यो तर अग्लो हिल महिला र बालबालिकाको रोजाइमा पर्यो। महिलाको पुरुष जस्तै देखिने चाहनालाई अग्लो हिलले केही मात्रामा भएपनि पूरा गरेको थियो ।
यही क्रममा पुरुषको हिलको उचाइ घट्दै गयो र महिलाको हिलको उचाइ बढ्दै गयो ।
सन् १७४० सम्म पुरुषले अग्लो हिल लगाउन छोडिसकेका थिए। यही दौरानमा फोटोग्राफीले महिलाको छवि र फेशनलाई निर्धारित गरिरहेको थियो। उनीहरुको यो तस्विरबाट यही मान्यता सुरु भयो कि अग्लो हिल महिलालाई उत्तेजक रुपमा प्रस्तुत गर्नको लागि महत्वपूर्ण रुपमा प्रयोग गरिन्छ। त्यसभन्दा पछाडि हिलको स्वरुप समय समयमा बदलियो तर यसको अस्तित्व सकिएन ।
अग्लो हिल र स्वास्थ्य
अग्लो हिल लगाउनु स्वास्थ्यका दृष्टिकोणले खतरनाक हुन्छ भन्ने मान्यता छ तर पनि महिला ठूलो शोखसँग हिल लगाउने गर्छन्। द स्पाइनल हेल्थ इन्स्टिट्युटका अनुसार ढाडको मेरुदण्ड, घुँडा, पैतालामा हिलको धेरै प्रभाव पर्छ। द सोसाइटी अफ चिरोपोडिट्स एण्ड पोडिएट्रिस्ट्सको एक अनुसन्धानका अनुसार अग्लो हिल लगाउनेलाई बाथरोगको एक प्रकार अर्थराइटिस हुने सम्भावना धेरै हुन्छ । यस्ता मानिसहरुले जाँडोमा मांशपेशी खुम्चने समस्या देखाउँछन् । बाथरोग विशेषज्ञ प्रोफेसर एंथनी रेडमंडका अनुसार दुई अथवा तीन सेन्टिमिटर अग्लो जुत्ता लगाउनु पर्छ ।
द स्पाइनल हेल्थ इन्स्टिट्युटका अनुसार उठ्ने वा बस्ने, हिँड्ने सन्तुलन हुने जुत्ता लगाउनुपर्छ। अग्लो हिल लगाउँदा शरीरको माथिल्लो भाग अगाडि आउँछ, ढाडको तल्लो भाग पनि बाहिर आउँछ यसले शरीरलाई सन्तुलन बिग्रन्छ र घुडालाई दबाब पर्छ, पिडुलामा बल पर्छ र गोडाको पौजामा दखल पर्छ ।
हिल लगाउँदै हुनुहुन्छ भने के के कुरामा ख्याल राख्न जरुरी छ ?
–लामो समयसम्म अग्लो हिल नलगाउने
–हिल लगाउनु अगाडि र हिल फुकालेपछि खुटुटाको मांशपेशीसँग सम्बन्धित कसरत गर्ने,
–अग्लो हिल नलगाउने,
–जुत्ता किन्दा दिउँसोको समय पारेर किन्नुपर्छ, दिउँसोको समयमा खुट्टा सबैभन्दा ठूलो आकार यसै समयमा हुन्छ,
–पोइन्टेड हाइहिल नलगाउने,
–सकेसम्म दिनहुँ छुट्टै छुट्टै आकारको हिल लगाउनुपर्छ ।