लक्ष्य भन्दा १३ अर्ब कम उठ्यो राजस्व, दुई महिनामा उठ्ला १ सय ६५ अर्ब?

लक्ष्य भन्दा १३ अर्ब कम उठ्यो राजस्व, दुई महिनामा उठ्ला १ सय ६५ अर्ब?
+
-

काठमाडौं-  चालु आर्थिक वर्षको १० महिनामा लक्ष्य भन्दा १३ अर्ब रुपैयाँ कम राजस्व सङ्कलन भएको छ। बैशाख मसान्तसम्म ५ खर्ब ७८ अर्ब रुपैयाँ लक्ष्य राजस्व लक्ष्य रहेकोमा ५ खर्ब ६५ अर्ब रुपैयाँ सङ्कलन मात्रै सङ्कलन भएको छ।

चालु आर्थिक वर्षमा सरकारको ७ खर्ब ३० अर्ब रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेको छ। अबको दुईमहिनामा १ सय ६५ अर्ब रुपैयाँ राजस्व सङ्कलन गर्न निकै कठिन हुने अर्थ मन्त्रालयका उच्च अधिकारी बताउँछन्।  भन्सार राजस्व लक्ष्य भन्दा निकै कम सङ्कलन हुँदा राजस्व लक्ष्य प्रभावित भएको भईरहेको अर्थ मन्त्रालयका अधिकारीको भनाई रहेको छ।

समग्रमा लक्ष्य भन्दा १३ अर्ब कम राजस्व सङ्कलन हुँदा पनि बैशाख महिनामा भने लक्ष्य भन्दा ४ अर्ब बढी राजस्व सङ्कलन भएको छ। यस अघि पुस महिनामा मात्रै लक्ष्य बमोजिमको राजस्व सङ्कलन हुन सकेको  थियो। चालुआर्थिक आर्थिक वर्षमा साउन देखि नै लक्ष्य भन्दा कम राजस्व सङ्कलन भईरहेको थियो।

बैशाखमा ५२ अर्ब रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य भएकोमा ५६ अर्ब रुपैयाँ सङ्कलन भएको छ।

भन्सार विभागले उठायो लक्ष्य भन्दा २१ अर्ब कम राजस्व

बढी कर लाग्ने गाडीको आयातमा गिरावट आउँदा भन्सार राजस्व लक्ष्य भन्दा निकै कम सङ्कलन भएको भन्सार विभागका अधिकारी बाताउँछन्।  भन्सार विभाग बैशाख मसान्त २१ अर्ब रुपैयाँ कम राजस्व सङ्कलन गरेको छ। विभागलाई बैशाख मसान्तसम्म २ खर्ब ६३ अर्ब रुपैयाँको लक्ष्य दिइएकोमा २ खर्ब ४२ अर्ब रुपैयाँ मात्र सङ्कलन भएको छ। बैशाख महिनामा पनि भन्सार विभागले लक्ष्य भन्दा ४ अर्ब रुपैयाँ कम राजस्व सङ्कलन गर्न सक्यो। बैशाखमा २९ अर्ब ३१ करोड रुपैयाँ लक्ष्य भएकोमा २५ अर्ब ९७ करोड रुपैयाँ मात्र सङ्कलन भयो।

आन्तरिक राजस्व बिभाग पनि लक्ष्य भन्दा ३ अर्ब पछाडि

बैशाखमा आन्तरिक राजस्व विभागले लक्ष्यभन्दा ३ अर्ब ८३ करोड रुपैयाँ बढी राजस्व सङ्कलन गर्दा पनि बैशाख महिना सम्मको समग्र राजस्व लक्ष्य भने भेट्टाउन सकेन। विभागको बैशाख महिना सम्मको लक्ष्य २ खर्ब ३० अर्ब रुपैयाँ भएकोमा २ खर्ब २७ अर्ब रुपैयाँ मात्र सङ्कलन भएको छ।

बैशाखमा भने १८ अर्ब १ करोड लक्ष्य भएको आन्तरिक राजस्व विभागले २१ अर्ब ८४ करोड रुपैयाँ सङ्कलन गरेको हो।

गैर कर राजस्व लक्ष्य भन्दा ९ अर्ब बढी

बैशाख मसान्तसम्ममा ४८ अर्ब रुपैयाँ गैरकर सङ्कलन गर्ने लक्ष्य राखिएकोमा ५७ अर्ब रुपैयाँ सङ्कलन भएको छ। बैशाखमा गैर कर १ अर्ब ९१ करोड रुपैयाँ उठाउने लक्ष्य राखिएकोमा ४ अर्ब ४२ करोड रुपैयाँ सङ्कलन भएको हो।

सवारी साधन दर्ता, घरजग्गा रजिष्ट्रेसन लगायतबाट ३७ अर्ब रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएकोमा ३९ अर्ब रुपैयाँ सङ्कलन भएको छ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’