डोटीमा आइतबारदेखि विद्यालय सञ्चालन गरिने

डोटीमा आइतबारदेखि विद्यालय सञ्चालन गरिने
+
-

डोटी – कोरोना संक्रमणका कारण लामो समयदेखि बन्द रहेका जिल्लाका सम्पूर्ण विद्यालय आइतबारदेखि सञ्चालन हुने भएका छन्।

जिल्ला प्रशासन कार्यालयले विद्यालय सञ्चालन गर्न स्थानीय तहलाई जिम्मा दिएपछि यहाँका नौ वटै स्थानीय तहका विद्यालय आइतबारदेखि खुल्ने भएको निमित्त प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताए।

उनले भने, ‘कोरोना जोखिम नभएका कारण हामीले विद्यालय सञ्चालनको जिम्मा स्थानीय तहलाई दिएका छौँ, आइतबारदेखि विद्यालय खुल्छन्।’

निमित्त प्रजिअ जोशीको अध्यक्षतामा शनिबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकबाट विद्यालय सञ्चालन गर्ने जिम्मा स्थानीय तहलाई दिएको थियो।

सोहीअनुरूप यहाँका स्थानीय तहका शिक्षा समितिले विज्ञप्ति जारी गर्दै भदौ २० गतेदेखि स्वास्थ्य मापदण्ड पालन गरी विद्यालय खोल्ने निर्णय गरेको छ।

कोरोनाविरुद्ध स्वास्थ्य सुरक्षासम्बन्धी सम्पूर्ण मापदण्ड पूरा गरी प्रत्येक स्थानीय तहमा रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत सबै विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको शिक्षा विकास कार्यालयले जनाएको छ।

विद्यालय सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड अपनाएर विद्यार्थी संख्याका आधारमा फरक–फरक समयमा कक्षा सञ्चालन गर्न, गराउन प्रशासनले सबैमा अनुरोध गरेको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष