लुम्बिनीमा मन्त्रिमण्डल विस्तारमा ढिलाइ, एउटा मन्त्रीलाई चार मन्त्रालयको भार

लुम्बिनीमा मन्त्रिमण्डल विस्तारमा ढिलाइ, एउटा मन्त्रीलाई चार मन्त्रालयको भार
+
-

बुटवल– लुम्बिनी प्रदेशमा मन्त्रीविहिन बनेका मन्त्रालयमध्ये थप तीन मन्त्रालयको जिम्मेवारी पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीलाई दिइएको छ। मन्त्रिपरिषदको सिफारिशमा प्रदेश प्रमुख अमिक शेरचनले थप तीन मन्त्रालयको जिम्मा चौधरीलाई दिएका हुन्।

नियमित काममा समेत अलमल भएपछि गठबन्धनले तत्कालका लागि ती मन्त्रालयको जिम्मेवारी चौधरीलाई दिएको हो। मन्त्रिमण्डल विस्तार अघिसम्म आफूले यी मन्त्रालयको जिम्मेवारी सम्हाल्ने मन्त्री चौधरीले बताए।

बजेटको तयारी गर्नका लागि आफूलाई थप तीन वटा उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय, वन वातावरण तथा भु–संरक्षण मन्त्रालय र शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी आएको मन्त्री चौधरीले बताए।

मन्त्री चौधरीले मुख्यमन्त्री कुलप्रसाद केसीले सम्हाल्दै आएका मध्येका तीन मन्त्रालयको बजेट र कार्यक्रम संशोधनको काम गर्ने बताए।

मन्त्रिमण्डल विस्तार गर्न केही ढिलाइ हुने भएपछि मन्त्रीहरुले जिम्मेवारी बाँडेर बजेट संशोधनको काम गरिरहेका छन्।

गठबन्धन सरकारले बनाएका १३ मन्त्रालयमध्ये आन्तरिक मामिला तथा सञ्चार, कानुन महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, कृषि खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय, श्रम रोजगार तथा यातायात व्यवस्था मन्त्रालय र स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालय मन्त्रीविहिन छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?