
चितवन- भारतीय महावाणिज्य दूतावास, वीरगञ्जका महावाणिज्यदूत सिवी प्रधानले नेपालको राजनीतिक परिवर्तनले भारतको सहयोग नरोकिने बताएका छन्।
जिल्ला समन्वय समिति, चितवनले आयोजना गरेको चितवनको विकाससम्बन्धी अन्तक्रिया कार्यक्रममा उनले नेपालमा भएको राजनीतिक परिवर्तनका कारण भारतबाट विकास निर्माणका लागि हुने सहयोग नरोकिने बताए।
परिवर्तनबाट नै विकास सुरु हुने उल्लेख गर्दै उनले भारत नेपालको हरेक विकास निर्माणका क्रममा साथमा रहेको बताए।
नेपाल र भारतबीचको सम्बन्धलाई दिगो बनाउन आफ्नो कार्यकालमा कुनै कसर बाँकी नराख्ने उनले बताए। केही समयअघि चिसिएको सम्बन्ध सुधार गर्दै अझै बलियो सम्बन्ध बनाउन आवश्यक रहेको उनले बताए।
कार्यक्रममा प्रदेश सांसद विजय सुवेदीले लामो समयदेखि व्यवस्थित योजना बनाउन नसक्दा जिल्लाको विकास सोचेअनुसार हुन नसकेको बताए। नेपालको एक महत्वपूर्ण जिल्लाका रुपमा रहेको चितवनको विकासका लागि भारत सरकारले चासोका साथ काम गर्नु आवश्यक रहेको उनले बताए।
यो पनि हेर्नुहोस्:

