अ
+
अ
अ
-
पोखरा- सडक निर्माण कार्यमा ढिलासुस्ती गरेको र सवारी आवागमनमा बाधा पुर्याएको भन्दै स्थानीयले उजुरी दिएपछि सडक निर्माणका ठेकेदारलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिरुवा कन्सक्ट्रसक्नका प्रमुख सुरेन्द्र बस्नेत छन्।
पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ३२ गगनगौडास्थित पृथ्वी राजमार्ग सडक खण्ड निर्माण कार्यमा ढिलासुस्ती गरेको कारण सवारी साधनहरुको आवागमन असहज र प्रदूषणका कारण स्वास्थ्यमा असर परेको भन्दै स्थानीयले उजुरी गरेपछि ठेकेदार बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
बिहीबार नियन्त्रणमा लिएका बस्नेतले निर्माण कार्यलाई अब द्रुत गतिमा स्तरीय तरिकाबाट सम्पन्न गर्ने सहमति भएपछि जिल्ला प्रहरी कार्यालयले शुक्रबार उनलाई नियन्त्रणमुक्त गरेको कास्की प्रहरीका प्रवक्ता खड्कबहादुर खत्रीले जानकारी दिए।