गुणस्तरीय शिक्षामा ध्यान केन्द्रीत गर्न प्रधानमन्त्री देउवाको आह्वान

गुणस्तरीय शिक्षामा ध्यान केन्द्रीत गर्न प्रधानमन्त्री देउवाको आह्वान
+
-

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले ‘सबैका लागि सहज पहुँच र गुणस्तरीय शिक्षा’ प्राप्त गर्ने सरकारको अभियानमा साथ दिन सम्बन्धित सबै पक्षलाई आह्वान गरेका छन्।

प्रधानमन्त्री देउवाले सामुदायिक विद्यालयको शिक्षामा गुणस्तर अभिवृद्धिका लागि सरकारले विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको पनि बताए।

जापान सरकारको सहयोगमा निर्माण गरिएको ललितपुरस्थित नमुना मच्छिन्द्र माध्यमिक विद्यालय भवनको बुधबार एक कार्यक्रमबीच उद्घाटन गर्दै उनले विद्यालय शिक्षा स्थानीय तहको मुख्य जिम्मेवारीमा रहे पनि संघीय सरकारले त्यसका लागि आवश्यक स्रोत, साधन र शिक्षा विकास व्यवस्थापनमा सक्दो सहयोग गरिरहेको पनि स्मरण गराए।

प्रधानमन्त्री देउवाले ०७२ सालको विनाशकारी भूकम्पले ध्वस्त बनाएका विद्यालयको भौतिक पूर्वाधार निर्माणको काम सकिने अवस्थामा पुगेको उल्लेख गर्दै अबको सम्पूर्ण ध्यान त्यहाँको गुणस्तरीय शिक्षामै केन्द्रित हुने विश्वाससमेत व्यक्त गरे।

उनले सो विद्यालय भवन निर्माणका लागि सहयोग गरेकोमा जापान सरकारप्रति पनि आभार व्यक्त गरे।

प्रधानमन्त्री देउवाले भने, ‘भौतिक पूर्वाधारको काम सकिएपछि गुणस्तरीय शिक्षामा सबैको ध्यान जाने नै छ। ‘सबैका लागि सहज पहुँच र गुणस्तरीय शिक्षा’ प्राप्ति आजको आवश्यकता हो। यस अभियामा सबै पक्षलाई केन्द्रित हुन अनुरोध गर्न चाहन्छु । सामुदायिक विद्यालयको शिक्षामा गुणस्तर अभिवृद्धि गर्न नेपाल सरकारले विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको र भविष्यमा थप कार्यक्रम सुचारु गर्ने नै छ। विद्यालय शिक्षा स्थानीय पालिकाको मुख्य जिम्मेवारीमा रहे पनि संघीय सरकारले स्रोत, साधन र अन्य कार्यक्रमसहित विद्यालय शिक्षाको विकास व्यवस्थापनमा सहयोग गरिरहेको छ।’

त्यस अवसरमा प्रधानमन्त्री देउवाले सो विद्यालयले दृष्टिविहीन बालबालिकाको पठनपाठन गराउँदै आएकोमा खुसी समेत व्यक्त गरे। कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले मुलुकको शैक्षिक, सामाजिक तथा आर्थिक क्षेत्र निर्वाध रुपले सञ्चालन हुने गरी सरकारले कोरोनाविरुद्धको खोप अभियानलाई प्रभावकारी रुपले अघि बढाइरहेको दाबी गरिन्।

उनले भूकम्पको महाविपत्तिले पुनर्निर्माणको कामलाई अघि बढाउन र कोरोनाको विपद्ले सूचना प्रविधि क्षेत्रको विकासमा लाग्न ठूलो पाठ सिकाएको पनि स्मरण गराइन्।

मन्त्री भुसालले भनिन्, ‘अब हामी खोपद्वारा नै कोभिडको निरुपण गरेर शैक्षिकलगायत सबै आर्थिक–सामाजिक जीवनलाई फेरि निर्वाध ढंगले सधैँजस्तै अगाडि बढाउनेछौं । अहिले सरकारले र प्रधानमन्त्रीले खोप–खोप–खोप मात्र पहिलो उद्देश्य भनेर सम्बोधन गरेका थिए र सोको कार्यान्वयनमा हामी त्यहीँ ढंगले लागिरहेका छौँ।’

मन्त्री भुसालले सो भवन निर्माणका लागि आर्थिक सहायता उपलब्ध गराएकोमा जापान सरकारलाई धन्यवाद दिए। जाइकाको आर्थिक सहयोगमा निर्माण गरिएको मुख्य शैक्षिक भवन २५ कोठाको रहेको छ भने २ वटा साना भवनमा दृष्टिविहीन बालबालिकाको पठनपाठन हुनेछ।

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष