हामीहरु पुनः सत्तामा आउन जरुरी छः टोपबहादुर रायमाझी

हामीहरु पुनः सत्तामा आउन जरुरी छः टोपबहादुर रायमाझी
+
-

बुटवल– नेकपा एमालेका नेता टोपबहादुर रायमाझीले पार्टी विभाजनपछि देखिएका परिदृश्यमा नअल्झिन कार्यकर्तालाई आग्रह गरेका छन्।

उनले आफू माओवादीबाट एमालेमा जोडिएको उदाहरण दिँदै नेकपा एमालेको नेतृत्वमा देशको समृद्धितर्फ अघि बढ्न आग्रह गरे।

बुटवलमा आयोजित कार्यकर्ता भेलामा बोल्दै उनले भने, ‘म एउटा माओवादी पृष्ठभूमीबाट यो प्रकृयामा जोडिएको व्यक्ति हुँ। हामी नेकपा एमाले र केपी शर्मा ओलीको नेतृत्वले अब देशलाई समृद्धि गर्छ र लक्ष्य प्राप्ति गर्छ भनेर जोडिएका छौँ। साथीहरु अझ परपर जानु भा’छ के सोचेर जानुभा’छ?’

नेता रायमाझीले आफूहरु फेरि एक पटक ‘टेस्ट’ हुन आवश्यक रहेको बताए।

‘लोकतान्त्रिक चुनावको माध्यमबाट असफल पार्टी र नेतालाई ध्वस्त बनाउनु पर्छ। हामीहरु पुनः सत्तामा आउन जरुरी छ। हामी पुनः टेस्ट हुन आवश्यक छ,’ उनले भने।

उनले संसद पुनर्स्थापना भएपछि पनि संसदमा फेरि केपी ओलीकै बहुमत आउने देखेपछि ‘सीमा पारीदेखि मात्रै नभई समुन्द्रपारी देखि’ डिजाइन गरेर परमादेश जारी गरिएको आरोप लगाए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?