किन आमरण अनशनमा बसे सेयर लगानीकर्ताहरु?

किन आमरण अनशनमा बसे सेयर लगानीकर्ताहरु?
+
-

काठमाडौँ– शेयर लगानीकर्ताहरुले भदौ २१ गते शेयर बजारमा सरकारले लगाएको नीतिप्रति विरोध गर्दै राष्ट्र बैंकमा ज्ञापन पत्र बुझाएका थिए। तर सुनुवाइ भएन। नेपाल राष्ट्र बैंकका गर्भनरले पनि त्यससम्बन्धी कुनै चासो देखाएनन्।

लगानीकर्ताले विरोध गरेपछि सोही दिन अर्थमन्त्री जनार्दन शर्माले पुँजी बजारमा देखिएको पछिल्लो परिस्थितिलाई सहज बनाउन गभर्नरलाई आग्रह गर्नुका साथै कहाँ के सुधार गर्नुपर्ने हो त्यो गरेर पुँजी बजारको समस्या समाधान गर्न निर्देशन दिएका थिए।

तर पनि शेयर लगानीकर्ताहरुको सुनुवाइ भएन। यसका कारण आफूहरु आमरण अन्सन बस्न बाध्य भएको पुँजी बजार सुधार संघर्ष समितिका संयोजक आदित्य शिवाकोटीले बताए।

सम्बन्धित निकायले आफ्ना मागहरु सम्बोधन नगरे यो नै आफूहरुको अन्तिम विकल्प भएको उनको भनाइ छ।

उनले भने, ‘तोडफोड गर्ने, नचाहिने नाराबाजी गर्ने लगायत गर्न हाम्रो नैतिकताले दिँदैन। छलफलमा जान खोज्दा उहाँहरु छलफलमा आउनुभएन जसका कारणले आमरण अनसन नै हाम्रो विकल्प हो।’

जबसम्म आफ्ना मागहरु सम्बन्धित निकायले सुन्दैन, तबसम्म लगानीकर्ताको आमरण अन्सन जारी रहने पनि संयोजक शिवाकोटीले जानकारी दिए।

यस्तै समितिका मिडिया संयोजक रोहन कार्कीका अनुसार आफूहरुले वार्ताबाटै समस्याको समाधान गर्न खोज्दा पनि नेपाल राष्ट्र बैंकले कुनै वाता गरेन। यसका कारणले आफूहरुले आमरण अन्सन रोज्न बाध्य भएको उनले बताए।

‘वार्ता गरेर समस्याको समाधान गरौँ। यसलाई लम्ब्याउनुभन्दा वार्ताबाटै समस्याको समाधान गर्नुपर्ने विश्वासका साथ वार्तामा गएका थियौँ। नेपाल राष्ट्र बैंकले वास्ता गरेन’, उनले भने, ‘उहाँहरुले हाम्रो कुनै पनि एजेण्डामा सिरियस छलफल गर्न चाहनुभएन। गभर्नरसमेत केही बोल्नु भएन।’

लगानीकर्ताहरु राष्ट्र बैंकमा मात्र होइन, अर्थ मन्त्रालयमा पनि पुगे। मन्त्रालयमा पुगे पनि लगानीकर्ताहरुले अर्थमन्त्रीसँग भेट गर्न पाएनन्।

कार्कीका अनुसार अर्थमन्त्रीसँग ३ दिन लगातार छलफलका लागि भनेर गए पनि सचिवालयले आफूहरुलाई विभिन्न बहाना बनाई भेट्न नदिएको गुनासो गरे।

‘सचिवालयको जिम्मेवार तहमा बसेका साथीहरुले गैरजिम्मेवार ढंगको अभिव्यक्ति दिने। बजार धरासायी बनाउने मनसाय उहाँहरुको प्रष्ट देखिन्थ्यो। बजार अझै खसेपनि हामीलाई मतलब छैन। ४/५ जना साथी आन्दोलनमा बसेर मेर पनि केही फरक पर्दैन उहाँहरुले भन्नुभयो,’ उनले भने। यस्तो अभिव्यक्तिले लगानीकर्तालाई निराश बनाएको उनले बताए।

‘अर्थमन्त्रीका पिएहरुले दिएको अभिव्यक्ति हो’, उनले भने, ‘अझै थप संघर्षका कार्यक्रमहरु गछौँ। चुप लागेर बस्नु हुँदैन।’

उनले शेयर लगानीकर्ताका माग पूरा भए मात्र आमरण अनसन तोड्ने चेतावनी दिए। शेयर लगानीकर्ताहरुको मुख्य माग ‘पूँजी बजार र समग्र अर्थतन्त्र विरोधी अर्थमन्त्री र गभर्नर तत्काल बर्खास्त गर’ भन्ने रहेको छ।

१० कित्ता नीति हटाउन नहुने, गभर्नरमाथि अनुसन्धान गरी कारबाहीको दायरमा ल्याउन छानबिन समिति गठन गरी १५ दिनभित्र प्रतिवेदन पेश गरी कानून बमोजिम कारवाही गर्नुपर्ने, विगतमा गरिएको आन्दोलनको मर्मलाई बुझेर त्यतिबेला प्रस्तुत गरिएको ५८ बुँदे सहमतिलाई अक्षरशः पालना गर्नुपर्ने, लघुवित्त कम्पनीहरुले २० प्रतिशतभन्दा माथि बोनस शेयर वितरण गर्दा ५० प्रतिशतभन्दा माथिको रिजर्भ राख्नुपर्ने व्यवस्थालाई तत्काल खारेज गर्नुपर्ने, १ प्रतिशतबाट १.३ प्रतिशत हुने गरी बढाइएको असल कर्जा सम्बन्धी व्यवस्थालाई तत्काल संशोधन गरी १ प्रतिशत नै कायम गर्नुपर्ने, बैंकलाई ब्रोकर लाइसेन्स तत्काल दिनुपर्ने, ब्रोकर कमिशन ०.१० प्रतिशत कायम गर्नुपर्ने लगायतका माग शेयर लगानीकर्ताको रहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?