न्यायालय कसैलाई जागिर खुवाउने ठाउँ होइन: प्रधानन्यायाधीश

न्यायालय कसैलाई जागिर खुवाउने ठाउँ होइन: प्रधानन्यायाधीश
+
-

काठमाडौँ- प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले न्यायालयलाई सधैँ संक्रमणकालीन अवस्थामा राख्न नसकिने हुँदा अब बन्ने सरकारले न्यायालयलाई थप सुदृढ बनाउन ध्यान दिने विश्वास व्यक्त गरेका छन्। उनले न्यायालय कसैद्वारा कसैका लागि नियुक्ति र जागिर खुवाउन सिर्जना भएको ठाउँ नभएको उल्लेख गर्दै यसका आफ्नै मूल्य, मान्यता रहेको र आफ्नो प्रयास अविछिन्न रूपमा मूल्य मान्यताअनुरूप न्यायालय सञ्चालन गर्नमा रहेकाे बताए। 

महान्यायाधिवक्ताको कार्यालयको ६७ औँ स्थापना दिवसका अवसरमा कार्यालयद्वारा शुक्रबार आयोजित कार्यक्रममा प्रधानन्यायाधीश पराजुलीले न्यायालयप्रति रहेको जनविश्वास अझ बलियो बनाउन सामूहिक प्रयत्नको खाँचो औँल्याए।

उनले सातवटा प्रदेशमा सातवटा उच्च अदालतले न्याय सम्पादन हुनसक्ने चर्चा गर्दै न्यायापालिकाका सेवालाई चुस्त बनाउन सूचना प्रविधिको अधिकतम् उपयोग सुरू गरिएको जानकारी दिए। प्रधानन्यायाधीश पराजुलीले न्यायालयको भौतिक प्रशासनिक सेवा अझ सुदृढ बनाउन यथेष्ट बजेट विनियोजन गर्न माग गर्दै न्यायालयमा बजेट विनियोजन गर्न कन्जुस्याइँ गरिनु नहुने बताए।

उक्त अवसरमा उनले पूर्वमहान्यायाधिवक्ता रमनकुमार श्रेष्ठलाई सम्मान र उत्कृष्ट सरकारी वकिल तथा कर्मचारीलाई पुरस्कृत गरे। विसं २००८ मा महान्यायाधिवक्ताको कार्यालय स्थापना भएको हो। (रासस)

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?