दाङमा लुम्बिनी प्रदेश सरकारकाे सम्पर्क कार्यालय खुल्ने

दाङमा लुम्बिनी प्रदेश सरकारकाे सम्पर्क कार्यालय खुल्ने
+
-

बुटवल – लुम्बिनी प्रदेश सरकारले दाङको भालुवाङमा सम्पर्क कार्यालय खोल्ने भएको छ।

मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले प्रदेश स्थायी राजधानी दाङको भालुवाङमा मुख्यमन्त्री कार्यालयको सम्पर्क कार्यालय खोल्ने निर्णय गरेको हो। कार्यालयका लागि आवश्यक पूर्वाधार तयार पार्न पर्यटन तथा सहरी विकास मन्त्रालयलाई जिम्मा दिने निर्णय गरेको सरकारका प्रवक्ता कृष्णध्वज खड्काले जानकारी दिए।

बैठकले पदक सिफारिस समितिले गरेको सिफारिसअनुसार ५७ जनालाई प्रदेश पदक प्रदान गर्ने निर्णय पनि गरेको छ। असोज ३ गते संविधान दिवसका अवसरमा प्रदेशभित्रका विभिन्न क्षेत्रमा योगदान पु¥याउने ५७ जनालाई प्रदेश सरकारको तर्फबाट कदर तथा सम्मानस्वरुप प्रदेश पदकद्वारा विभूषित गर्ने निर्णय गरिएको हो। यी पदक फागुन ३ मा प्रदेश स्थापना दिवसमा प्रदान गरिने छ।

बैठकले साविक मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमको सट्टा मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमका नाममा सञ्चालन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता खड्काले बताए।

त्यस्तै मुख्यमन्त्रीको जनसम्पर्क सल्लाहकारमा घर्तीगाउँ रोल्पा निवासी रमेशबहादुर वली क्षेत्रीलाई नियुक्त गरेको छ। बैठकले कर्मचारी व्यवस्थापनसम्बन्धी कार्यविधि, २०७८ दोस्रो संशोधन स्वीकृत गरेको छ।

प्रदेश सरकारले झिमरुक गाउँपालिकाको गाउँसभाबाट प्राप्त प्रस्तावअनुसार गाउँपालिकाको केन्द्रको नाम भ्यागुतेको सट्टा मच्छी कायम गर्न, त्रिवेणी गाउँपालिकाको वडाहरुलाई थपघट र समायोजन गर्ने, रोल्पा नगरपालिकाको वडाहरुलाई थपघट र समायोजन गर्न संघीय सरकारलाई प्रस्ताव गर्ने निर्णय गरेको छ।

यसैगरी बुटवल उपमहानगरपालिकाको वडाहरुलाई छुट्याउने प्रस्तावलाई समेत संघीय सरकारलाई पठउने निर्णय गरेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?