बेलिब्रिज जडानपछि गाईघाट-दिक्तेल यातायात सुचारु

बेलिब्रिज जडानपछि गाईघाट-दिक्तेल यातायात सुचारु
+
-

गाईघाट-सगरमाथाको गाईघाट दिक्तल सडक मार्गअन्तर्गत उदयपुर र खोटाङ जिल्लाको बीचमा फोक्सिङटारस्थित सुनकोशी नदीमा बेलिब्रिज जडान कार्य सम्पन्न भएपछि शनिबारदेखि उदयपुरको सदरमुकाम गाईघाटबाट खोटाङको दिक्तेलसम्म सिधै यातायात सेवा सञ्चालन भएको छ ।

सुनकोशी नदीमा १५ दिन अघिदेखि जडान कार्य शुरु गरिएको बेलिबृज शनिबार बिहान सम्पन्न भएपछि गाईघाट दिक्तेल सडकखण्डमा यातायातका साधन सञ्चालन शुरु भएको गाईघाट दिक्तेल सडक कार्यालय उदयपुर बोक्सेका इञ्जिनियर कमलप्रसाद यादवले बताए।

सुनकोशी नदीमा पानीको बहाव बढेसँगै गत जेठ महिनामा खोलिएको उक्त बेलिबृज अहिले हिउँद लागेर पानीको बहाव घटेसँगै जडान कार्य भएर पुनः गाईघाट दिक्तेल यातायात सञ्चालन भएको गाईघाट दिक्तेल सडक कार्यालयले जनाएको छ ।

अब उदयपुरको सदरमुकाम गाईघाटदेखि पहाडी जिल्ला खोटाङ र खोटाङदेखि सिधै उदयपुर हुँदै तराईका विभिन्न जिल्लासम्म यातायातका साधन सञ्चालन गर्न सहज भएको कारण यात्रुलाई पैदलयात्रा गर्न नपर्ने र यात्रा सहज भएको हिमाली यातायात व्यवसायी संघ उदयपुरका अध्यक्ष प्रेमकुमार राईले बताए।

यस्तै तराईबाट उदयपुर भएर खोटाङसम्म विभिन्‍न दैनिक उपभोग्य वस्तु ढुवानी गर्न पनि सहज भएको खोटाङ बतासेका एक व्यापारी बद्रीकुमार श्रेष्ठ बताए।

अहिलेसम्म पनि सुनकोशी नदीमा स्थायी पुल निर्माण कार्य सम्पन्‍न हुन नसक्दा गाईघाट दिक्तेल सडकखण्डमा वर्षायाममा यातायात सुचारु नहुने हुनाले वर्षमा सात महिना उक्त सडकखण्ड बन्द हुने र हिउँदमा पाँच महिना सुनकोशी नदीमा बेलिबृजको जडानपछि मात्र यातायात सञ्चालन हुने हुनाले बेलिबृजको भरपर्दै आउन परेको कुरा यातायात व्यवसायी बताउँछन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?