
काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको पहिलो बैठक नयाँ बानेश्वरमा सुरु भएको छ । बिहीबार नेकपा एमाले र माओवादी केन्द्रबिच पार्टी एकताको घोषणा भएपछि बनेको नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको पहिलो बैठक सुरु भएको हो ।
नयाँ बानेश्वरमा रहेको संसदीय दलको कार्यालयमा आएका सबै सांसद तथा पत्रकारलाई चक्लेट बाँडेर बैठकको सुरुवात गरिएको हो । पार्टी एकीकरणको खुशीयालीमा चक्लेट बाँडिएको हो ।
बैठकमा तत्कालीन एमाले र माओवादी केन्द्र तथा अहिलेको नेपाल कम्युनिष्ट पार्टीका सांसद सहभागी हुनेछन् । नेकपाका प्रतिनिधिसभामा १७४ तथा राष्ट्रियसभामा ४२ सदस्य रहेका छन् ।