कृषि उद्यम सम्मेलन सुरु

+
-

काठमाडौँ- युवालाई कृषिमा आर्कषित गराउने उद्देश्यले आजदेखि काठमाडौँमा दुई दिने कृषि उद्यम सम्मेलन सुरु भएको छ। फोरएच नेपालले आयोजना गरेको सो सम्मेलनमा सबै जिल्लाका १६५ युवाको सहभागिता छ।

युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले उक्त सम्मेलन शुभारम्भ गर्दै कृषिको परनिर्भरता कम गर्न युवाको आर्कष बढाउनुपर्नेमा जोड दिए।
गत वर्षदेखि शुरुवात भएको युवा आर्कषित कृषि जनचेतना कार्यक्रम यसवर्ष मुलुकका सबै जिल्लामा सञ्चालन गरिने आयोजक संस्थाका अध्यक्ष लोकराज अवस्थीले जानकारी दिए।

पछिलो पटक वैदेशिक रोजगारबाट फर्किआएका युवा कृषिमा आर्कषित भए पनि स्वदेशमा रहेका युवाको पलायन नरोकिएका कारण खेतबारी बाँझो हुने क्रम रोकिएको छैन। आँगनबाट मकैको थाङ्ग्रो हराएको छ। चोयाको भकारी फाटेका छन्।

काठको ढुकुटी कीराले धुजाधुजा पारेको छ। सोली, डाला र थुन्चे बुइँगेलमा थन्किएका छन् भने कृषिको परनिर्भरता बढेर प्रति महिना रु एक अर्ब भन्दा बढीको चामल आयात हुन थालेको छ।

कृषिमा सरकारी अनुदानले युवालाई आर्कषित गर्न सकेको छैन। सरकारले कृषिको आधुनिकीकरण, व्यवसायीकरण तथा यान्त्रिकीकरणको कुरा गरिरहे पनि र कृषि कर्जाको ब्याजदर छ प्रतिशत तोके पनि काम गर्न चाहाने युवालाई सरल रुपमा वित्तीय संस्थाबाट कर्जा लगानी भएको पाइँदैन।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?