बीपीको बाटो त्यागेको वर्तमान कांग्रेस नेतृत्व दिशा र दृष्टिकोणविहीन : गोविन्दराज जोशी

बीपीको बाटो त्यागेको वर्तमान कांग्रेस नेतृत्व दिशा र दृष्टिकोणविहीन : गोविन्दराज जोशी
+
-

काठमाडौँ– नेपाली कांग्रेसको वर्तमान नेतृत्वले बीपी कोइरालाले देखाएको राष्ट्रियता, प्रजातन्त्र र समाजवादको बाटोलाई पूर्णतया परित्याग गरेको आरोप नेता गोविन्दराज जोशीले लगाएका छन्।

दसैँका अवसरमा बिहीबार विज्ञप्तिमार्फत शुभकामना सन्देश दिएका नेता जोशीले नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका सन्दर्भमा गरिएको नयाँ क्रियाशील सदस्यता वितरण, क्रियाशील सदस्यता नवीकरण र पार्टीको स्थानीय तहको अधिवेशनले कांग्रेसको राजनीतिमा सामान्य चासो राख्नेहरुले पनि पार्टी अहिले दिशाविहीन रहेको बुझ्ने उल्लेख गरेका छन्।

उनले भनेका छन्, ‘नेपाली कांग्रेस अहिले दिशा र दृष्टिकोणविहीन भएर सत्तालाई नै आफ्नो गन्तव्य मानेर हिँडेको देखिन्छ। यस्तो अवस्थामा वर्तमान कांग्रेसको नेतृत्व जोसुकैले लिए पनि महाधिवेशनको परिणाम र उपलब्धि कांग्रेसका इमानदार र निष्ठावान कार्यकर्तालाई कागलाई बेल पाक्यो हर्ष न विस्मात भन्ने उखान चरितार्थ हुनेछ भनेर अनुमान गर्न असहज हुने छैन।’

आउँदै गरेको स्थानीय तह, प्रदेश तथा संघको चुनावमा कांग्रेसले टिकट आफ्ना नातेदार र बाँकी रहेका टिकट बिक्रीमा राख्ने घाम जस्तै छर्लङ्ग भएको आरोप उनले लगाएका छन्।

उनले विज्ञप्तिमा भनेका छन्, ‘देशभरका सबै अपहेलित, पीडित र अपमानित नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुलाई सच्चा कांग्रेसलाई सहयोग गर्न र अन्यायका विरुद्ध एकजुट भएर विद्रोह गर्न आह्वान गर्दछु।’

नेता जोशी तनहुँसहितका जिल्लामा क्रियाशील सदस्यता वितरणलाई लिएर विरोधमा छन्। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत अहिले हिमाली जिल्लामा जिल्ला अधिवेशन र अन्य अधिकांश जिल्लामा पालिका अधिवेशन भइसकेको छ भने कतै जारी रहेको छ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’