दसैँमा च्याङ्ग्राका पारखीहरु

दसैँमा च्याङ्ग्राका पारखीहरु
+
-

काठमाडौँ– काठमाडौँ माछापोखरीका टंक लिम्बुको परिवार प्रत्येक दसैंमा च्याङग्रा खरिद गर्छन्। यसपालीको दसैंमा पनि उनी च्याङग्रा खरिद गर्न भृकुटीमण्डपस्थित चौपाया खरिद बिक्री सेवा संघ पुगेका थिए।

‘अहिले च्याङ्ग्रा पाउन मुस्किल छ। धेरै च्याङग्रा आएको छैन रैछ’, लिम्बुले भने, ‘दसैंको समयमा जताततै पाइन्थ्यो। अहिले यहाँ मात्र रहेछ।’ उनले धेरै ठाउँमा च्याङ्ग्रा खोजे, तर पाएनन्।

दसैंलाई विशेष बनाउन आफूहरुले च्याङ्ग्रा नै खाने गरेको लिम्बु बताउँछन्। ‘हाम्रो यो परम्परा त होइन। पहिलेदेखि नै दसैंमा हामीले च्याङग्रा खाने गरेका छौँ’, उनले भने, ‘च्याङग्रा जताततै पालिँदैन। यो लेकमा मात्रै हुन्छ। अर्गानिक हिसाबले च्याङ्ग्रा खान्छौँ।’

उनका अनुसार च्याङ्ग्रा वर्षको एक पटक दसैंमा मात्र आउने भएर पनि होला च्याङ्ग्रा अहिले धेरैको रोजाइ बनेको छ।

खसीबोकाजस्तो च्याङ्ग्रा जहाँ पनि हुँदैन र पाइँदैन पनि। जसले गर्दा विशेषगरी च्याङ्ग्रालाई दसैंका बेला उपत्यकामा ल्याइन्छ।

लेकतिर मात्र हुन्छ। जसले गर्दा यसको महत्व छुट्टै रहेको उनको भनाइ छ। ‘खसीहरुमा अर्गानिक कमै मात्रामा हुन्छ। सधैँ खाइन्छ र जहाँ पनि पाइन्छ’, लिम्बुले भने, ‘च्याङ्ग्रा दसैंमा मात्र आउँछ। खाने बेला नै यही हो। लेकमा पाइने अर्गानिक च्याङ्ग्रा हामी विशेषगरी दसैंमा नै खान्छौँ।’

उनलाई यसपाली च्याङ्ग्रा पाइन्न कि भन्ने चिन्ता पनि थियो। पोहोर–परारजस्तो च्याङ्ग्रा जसले पनि ल्याएका थिएनन्।

च्याङ्ग्रा महँगो भएकाले आयात नै कम भएको सायन ट्रेड सप्लायर्सका संचालक सागर खड्गीले बताए। उनले यसपाली निकै कम च्याङ्ग्रा ल्याएको पनि बताए।

खड्गीले भने, ‘हामीले मुस्ताङबाट २५ वटा मात्र च्याङ्ग्रा ल्याएका हौँ। महँगो भएको कारणले थोरै ल्यायौँ। गरिरहेको कामलाई किन छोड्ने भनेर ल्याएको हो।’

उनले मुस्ताङबाट ल्याएका २५ वटा च्याङ्ग्रामा ८ वटा बिक्री भइसकेको उनले बताए।

अघिल्ला वर्षका दसैंमा आफूहरुले करिब ४ सय वटा ल्याउने गरेको खड्गी बताउँछन्। यस वर्ष महँगीले डुबाएको उनको भनाइ छ।

मुस्ताङबाट उनले प्रतिकेजी १२ सय रुपैयाँका दरले च्याङग्रा खरिद गरेको बताए। ‘मुस्ताङमा नै १२ सय चानचुन हामीलाई परेको छ’, खडगीले भने, ‘हामीले १३ सयमा बेचिरहेका छौँ। एउटालाई कम्तिमा पनि ३५/४० हजार पर्छ।’

चौपाया खरिद बिक्री सेवा संघका अध्यक्षले उत्पादन नै कम भएको र माग पनि बढी रहेकाले महँगो भएको बताए।

यस्तै उनले च्याङ्ग्रा कम भए पनि खसीबोका भने ७ हजार ९ सय काठमाडौँ उपत्यकामा भित्रिएको जानकारी दिए। उक्त खसीबोकाहरु प्रतिकेजी ७ सय रुपैयाँका दरले बिक्री गरिरहेको पनि बताए।

संघले २८ गतेसम्म बिक्री गर्ने जानकारी दिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?