फूलपातीको दिन पनि खसीबोका किन्नेको लर्को (तस्बिरहरु)

फूलपातीको दिन पनि खसीबोका किन्नेको लर्को (तस्बिरहरु)
+
-

काठमाडौँ– बल्खुदेखि कंलकी आसपासमा खसी–बोका खरिद–बिक्री गर्नेको लर्को फूलपातीको दिन पनि देखियो।

उक्त क्षेत्रमा धादिङ, उदयपुर सिरहा तथा काठमाडौँ उपत्यकाका विभिन्न ठाँउबाट किसानहरु खसी–बोका बिक्री गर्न आएका हुन्। उनीहरुमध्ये अधिकांश खसी–बोका बिक्री गरेर दसैंको खर्च जुटाउन राजधानी पुगेका हुन्।

धादिङका मणिप्रसाद रुपाखेती पनि दसैं खर्चको जोहो गर्न खसी–बोकालाई लिएर राजधानी आइपुगेको बताउँछन्। ‘दसैँका बेला हो बढी खसी बिक्ने। केही त बिक्री भए, केही बाँकी छन्। त्यो बेचेर भोलि पर्सीतिर घर फर्कन्छु’, उनले भने।

यस्तै उनले खसी सस्तोमा बेच्नु परेको गुनासो गरे। अस्ती–अस्ती मूल्य पाए पनि अहिले सस्तो हुँदै गएको उनी बताउँछन्।

धादिङ धुनीबेसी नगरपालिकाकी ठूलीकान्छी रुपमाखेतीले आफूले तीन वटा खसी ल्याएको तर एउटा पनि नबिकेको दुखेसो गरिन्। ‘अब बेचिँदैन। घर जान्छु’, उनले भनिन्, ‘अलि बेर बस्यो भने रात पर्छ।’

किसानहरुले बिक्री गर्न ल्याएका खसी–बोकाहरु १५ देखि ८० केजीसम्म रहेको सिरहाका अब्दुल मियाँले बताए।

उनले उदयपुरबाट ३५ वटा खसी ल्याएका थिए। अब उनीसँग ३ वटा मात्र बाँकी छन्।

‘सबै खसी सय रुपैयाँ केजीले बिक्रि गरेका हो’, उनले भने, ‘सबै खसी उदयपुरबाट ल्याएका हौँ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?