अपांगता भएका व्यक्तिकाे लागि आगलागी र भूकम्पबाट जोगिने भिडियो निर्माण

+
-

काठमाडौँ– आज प्राकृतिक विपद् न्यूनीकरण दिवस। दिवसको सन्दर्भ पारेर अतुल्य फाउन्डेसनले अपांगता भएकाहरुको लागि जनचेतनामूलक भिडियो तयार गरेको छ।

भिडियोमार्फत अपाङ्गता भएका व्यक्तिलाई आगलागी तथा भूइचालोको समयमा के कसरी सुरक्षित रहने भन्ने सन्देश दिइएको छ।

अतुल्यले विपद् जोखिम न्यूनीकरणको क्षेत्रमा काम गरिरहेको तथा अपांगता भएका व्यक्तिका संस्थाहरुसमेतको सहकार्य तथा सहयोगमा उक्त भिडियो तयार गरेको हो। उक्त भिडियो अपाङ्गता समावेशी विपद् व्यवस्थापनमा छुटेका पक्षहरूलाई समावेश गरी आवश्यक नीति तथा स्रोत सामग्री हुने अतुल्यको विश्वास रहेको छ।

फाउन्डेसनले अपाङ्गता समावेशी विपद् जोखिम न्यूनीकरणसम्बन्धी जानकारीमूलक हाते पुस्तिका, सम्बन्धित सबैे सरोकारवालाहरुको सहयोगमा तयार पारिएको ब्रेल, आवाजसहितको इपेपर, डिजिटल पुस्तकसमेत तयार पारेको छ।

आगलागी, भूकम्प जस्ता विपद्मा सामान्य व्यक्तिको तुलनामा अपांगता भएका व्यक्तिहरु बढी प्रभावित हुन्छन्। त्यसैले उनीहरुलाई कृतिम घटना अभ्यास गराउँदै अतुल्यले भिडियोमार्फत यस्ता कृतिम घटना अभ्यासको बारेमा जानकारी दिने उद्देश्यले भिडियो तयार गरिएको जनाएको छ।भिडियोमा पाँच प्रकारको आगोबारे चर्चा गरिएको छ। खरानी बन्ने आगो, तरल पदार्थ (पेट्रोलियम पदार्थमा) लाग्ने आगो, विद्युतीय साधनहरूमा लाग्ने आगो, दहनशील धातुमा लाग्ने आगो र खाना पकाउने तेलका कारण लाग्ने आगोबारे भिडियोमा चर्चा गर्दै त्यसलाई सही तरिकाबाट निभाउन गर्नुपर्ने प्रयासबारे जानकारी दिइएको छ।

नेपाल उच्च भूकम्पीय जोखिम भएको देशको सूचीमा पर्दछ। त्यसकारण नेपालमा बारम्बार भूकम्प गइरहन्छ। भूइचालोको समयमा सुरक्षित हुनका लागि घरबाहिर खुला र सुरक्षित स्थानमा जानुपर्छ। यदि घरभित्रै अड्किएको खण्डमा अन्तकुन्तर खोजी त्यहीं घुँडा टेकेर हातले गर्धन छोपेर बस्नु सुरक्षित मानिन्छ। आफू घरभित्र अड्किएको सूचना अरूलाई दिनका निम्ति भित्तामा ढकढक गर्ने अथावा सिठ्ठी बजाउने गर्नुपर्छ भन्ने सन्देश भिडियोमार्फत दिन खोजिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?