
बुटवल– रुपन्देहीमा दुर्गा मूर्ति बिसर्जन गर्ने क्रममा एक जना युवाको डुबेर मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार कोटहीमाई गाउँपालिका वडा नम्बर ४ का २१ वर्षीय अनिल चौधरीको कोटहीमाई गाउँपालिका वडा नम्बर ५ दानव नदी र तिनाउ नदीको संगमस्थल रहेको दुईमोहानमा डुबेर मृत्यु भएको हो।
शव भैरहवा भीम अस्पतलामा ल्याइ पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक भाष्कर चन्दले जानकारी दिए।