स्याहार्न ठिक्क परेको धान खेतमै डुब्यो

स्याहार्न ठिक्क परेको धान खेतमै डुब्यो
+
-

बुटवल – मनसुन सकिए लगत्तै परेको झरीले धानबाली खेतमै डुबाएको छ। धान भित्र्याउन ठिक्क परेका किसान झरीले नोक्सान गरेपछि चिन्तित छन्।

धान काटेर स्याहार्न ठिक्क परेका र धान काट्ने तयारीमा रहेका किसान खेतमै धान उम्रिने चिन्तामा छन्।

कपिलवस्तु वाणगंगाका किसान कमल पौडेल काटेर स्याहार्न तयारी अवस्थामा रहेको धान झरीले खेतमै उम्रिने चिन्ता भएको बताउँछन्।

‘चाहिएको समयमा धान काट्ने, स्याहार्ने मजदुर पाइँदैनन्’ उनी भन्छन्, ‘हतार हतार काटेर स्याहार्ने समयमा झरी लाग्यो, काटेर स्याहार्न ठिक्क परेको धान खेतमै उम्रिने हो कि भन्ने डर छ।’

गत वर्ष ३ लाखको धान बेचेका उनी यसपाली मजदुरी पनि नउठ्ने हो कि भन्ने चिन्तामा छन्।

लुम्बिनी प्रदेशका कपिलवस्तु, रुपन्देही, नवलपरासी, दाङ, बाँके, बर्दियाजस्ता धान बालीका लागि उपयुक्त मानिने तराईका जिल्लाका अधिकांश स्थानमा धानबाली खेतमै डुबेको छ।

दसैँअघि र पछि धान भित्र्याउने तयारीमा रहेका किसान वर्षाका कारण चिन्तित छन्। खेतमा बाला झुलेर काट्न तयार भएका धान लडेर पानीमा डुबेका छन्। जसले गर्दा स्याहार्ने बेलामा धान खेतमै उम्रिने हो कि भन्ने चिन्ता बढेको रुपन्देही शुद्धोधनका किसान हरिराम चौधरी बताउँछन्।

किसानले समयमै स्याहार्न नपाएमा धानको उत्पादन घट्ने कृषि अधिकारीहरुको अनुमान छ।

रूपन्देहीसमेत कार्यक्षेत्र रहेको कृषि ज्ञान केन्द्र पश्चिम नवलपरासीका प्रमुख सन्देश धिताल धानमा भइरहेको क्षतिको विवरण संकलन गर्ने काम भइरहेको बताउँछन्।

यस वर्ष लुम्बिनी प्रदेशमा ३ लाख १९ हजार हेक्टर क्षेत्रफलमा धान खेती भएको थियो। धान खेती भएको क्षेत्रबाट १५ लाख २५ हजार ३ सय टन धान उत्पादन हुने अनुमान रहेको लुम्बिनी प्रदेशको कृषि विकास निर्देशनालयका प्रमुख यामनारायण देवकोटाले जनाए। उनका अनुसार बेमौसमी वर्षाले १० देखि १५ प्रतिशतसम्म क्षति पुग्नसक्छ।

यो पनि पढ्नुहोस्

‘धान पाकेको भएपनि कम्तीमा बिहीबारसम्म कटाई नगर्नु होला’

‘धान पाकेको भएपनि कम्तीमा बिहीबारसम्म कटाई नगर्नु होला’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?