रिलायन्स बन्यो भारतकै सबैभन्दा ठूलो रिटेल कम्पनी

रिलायन्स बन्यो भारतकै सबैभन्दा ठूलो रिटेल कम्पनी
+
-

काठमाडौँ – रिलायन्स रिटेलले यस हप्ता फेशन क्षेत्रका दुई वटा कम्पनीसँग सम्झौता गरेको छ। रिलायन्सले मनिष मल्होत्राको कम्पनीसँग ४० प्रतिशतको हिस्सेदारी खरिद गरेको छ। त्यस्तै रितु कुमारको कम्पनी रितिकासँग ५२ प्रतिशतको हिस्सेदारी खरिद गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। रिलायन्स १५ वर्षमा भारतको सबैभन्दा ठूलो रिटेल कम्पनी बनेको छ।

रिलायन्स रिटेलको सुरुवात सन् २००६ मा भएको थियो। रिलायन्सले आफ्नो पहिलो ग्रोसरी स्टोर आन्ध्र प्रदेशमा सञ्चालनमा ल्याएको थियो।

त्यस्तै सन् २००७ मा रिलायन्सले कन्ज्युमर इलेक्ट्रोनिक्सको पहिलो स्टोर ‘रिलायन्स डिजिटल स्टोर’ को रुपमा सञ्चालनमा ल्याएको थियो। सन् २००८ मा रिलायन्स रिटेल फेसन र लाइफ स्टाइल क्षेत्रमा प्रवेश गर्‍यो। पहिलो स्टोर रिलायन्स ट्रेड र फुटप्रिन्ट ब्राण्ड खोलियो। यसले होलसेल ‘क्यास एण्ड क्यारी’ को स्टोर सन् २०११ मा पहिलोपटक ‘डिस्ट्रिव्युसन नेटवर्क नन् मेट्रो’ सहरमा सुरु गर्‍यो।

रिलायन्सका हालसम्म १२ हजार ८ सय स्टोर सञ्चालनमा छन्। यी स्टोरहरु भारतको ७ हजार सहरमा रहेका छन्। यी स्टोरहरु करिब ३.४५ करोड वर्ग फुटमा बनेका छन्। रिलायन्स रिटेलको सकिएको आर्थिक वर्ष (मार्च २०२१) मा १.५३ लाख करोड रुपैयाँ राजस्व थियो। जबकि रिलायन्स इण्डस्ट्रीमा डिजिटल सेवाको राजस्व ९० हजार २८७ करोड रुपैयाँ थियो।

आर्थिक वर्ष २०१६ देखि २०२१ को अन्तरालमा भारतको सबैभन्दा ठूलो रिटेल कम्पनीको ‘चक्रवृद्धि दर’ को वृद्धि ५० प्रतिशत रह्यो। विश्वभरका उत्कृष्ट सयमा रिलायन्स रिटेल पनि रहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?