शाहरुख खान र अनन्या पाण्डेको घरमा एनसीबीको छापा

शाहरुख खान र अनन्या पाण्डेको घरमा एनसीबीको छापा
+
-

नारकोटिक्स कन्ट्रोल व्युरो (एनसीबी) ले बिहीबार बलिउड अभिनेता शाहरुख खान र अभिनेत्री अनन्या पाण्डेको घरमा छापा मारेको छ।

एनसीबीले अनन्या पाण्डेलाई आज २ बजे सोधपुछका लागि समेत बोलाएको छ। शाहरुख खानको घरमा छापा मार्नुअघि अनन्या पाण्डेको घरमा छापा मारेको थियो। अनन्या पाण्डे अभिनेता चंकी पाण्डेकी छोरी हुन्।

भारतीय सञ्चारमाध्यमका अनुसार शाहरुख खान आफ्नो घरमै छन्। लागूऔषध मुद्दामा जमानत माग खारेजपछि शाहरुख छोरा आर्यनलाई भेट्न मुम्बईको आर्थर रोड जेल पुगेका थिए। शाहरुख खान र उनका छोरा आर्यनबीच १८ मिनेट भेटघाट भएको थियो। तर जेल प्रशासनको नियमअनुसार १० मिनेटमात्र भेट्न पाइन्छ।

जमानत दिन मुम्बईको एनडीपीएस अदालतले अस्वीकार गरेपछि आर्यनलाई मुम्बईको अर्थर रोड जेलमा राखिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?