कुखुरा खान खोरमा पसेको चितुवालाई छाडियो

कुखुरा खान खोरमा पसेको चितुवालाई छाडियो
+
-

बागलुङ – बडिगाड गाउँपालिका–९ मालारानीमा कुखुरा खान खोरमा पसेको चितुवालाई स्थानीयले छोपेर सकुशल छाडिदिएका छन्।

बिहीबार बिहान ४ बजेतिर स्थानीय दिलबहादुर थापाको घरमा रहेको कुखुराको खोरमा छिरेको चितुवालाई दिउँसो नियन्त्रणमा लिइएको हो।

लखेट्न खोजे पनि अटेर गरेर खोरमै बसेको चितुवा पछि आफैँ निस्केर मानिसहरू झुम्मिएको ठाउँतिर आएपछि गाउँले मिलेर समातेका थिए।

खोरबाट भगाउन जम्मा भएकाहरूमाथि झम्टन आएको चितुवालाई हातैले समातेर नियन्त्रणमा लिइएको स्थानीय युवा राजन पाइजाले बताए। ‘चितुवा एक्कासि हामी भएतिर आयो, म, दीपक केसीलगायतका साथी भएर समात्यौँ,’ पाइजाले सुनाए।

चितुवासँग भिड्दा नंग्र्राले खुट्टामा सामान्य घाउ लागेको र कपडा च्यातिएको पाइजाले बताए। उनले जीवनमा पहिलोपटक चितुवासँग आमनेसामने भएको उल्लेख गरे।

करिब दुई वर्षको चितुवालाई जनप्रतिनिधि, प्रहरीलगायतको रोहवरमा घटनास्थलदेखि तीन किमि टाढा रानीवनमा लगेर छाडिएको सब डिभिजन वन कार्यालय बडिगाडका फरेस्टर दीपकबहादुर श्रीस थापाले जानकारी दिए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष