भाइटीकामा किन नभई हुन्न ओखर?

भाइटीकामा किन नभई हुन्न ओखर?
+
-

काठमाडौँ – स्वास्थ्यका दृष्टिले होस् या सांस्कृतिक महत्त्वले ‘ओखर’ का अनेक फाइदा छन्।

नजिकिँदै गरेको तिहारमा त झन् ओखरको महत्व धेरै छ। भाइटीकाका दिन ओखर नभई हुन्न। दिदीबहिनीले दाजुभाइलाई टीका लगाउनुअघि मूलढोकामा ओखर फुटाउने गरिन्छ। त्यसरी ओखर फुटाउँदा दाजुभाइ तथा दिदीबहिनीका बाधा–अड्चन हट्ने जनविश्वास छ।

संस्कृतिविद् जगमान गुरुङका अनुसार भाइटीकामा दिदीबहिनीले आफ्ना दाजुभाइलाई टीका लगाउनुअघि दैलोमा ओखर तथा कटुस फुटाउने प्रचलन छ।

उनले भने, ‘भाइटीकाका दिन टीका लगाउनुअघि दिदिबहिनीले दाजुभाइको सबै दुःख, कष्ट, अड्चन नास होस् भनेर महासुरको टाउकोका रूपमा फुटाउने गर्छन्। कहीँ–कहीँ कटुस र भोगटे पनि फुटाउने गरिन्छ।’

चाडपर्वमा प्रयोग हुने ओखर नेपालको जुम्ला, मुस्ताङ, डोल्पा, दोलखा र मुगुमा पाइन्छ। तर, हावापानीका कारण सबैभन्दा धेरै जुम्लामा उत्पादन हुन्छ। जुम्लाको हावापानी ओखर फलाउनका लागि उपयुक्त रहेको जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले जानकारी दिए।

उनका अनुसार जुम्लामा २ सय हेक्टर जमिनमा ओखर खेती भइरहेको छ। र, अहिले किसान पनि ओखर खेतीतर्फ निकै आकर्षित हुने गरेका छन्।

तर, यस वर्ष कम उत्पादन भएको उनले जानकारी दिए। ‘ओखर धेरै बढी मूल्य पर्ने फल हो। यसको बजार पनि राम्रो छ’, उनले भने, ‘चैत वैशाखको हुरीले नोक्सानी भयो। जसले गर्दा उत्पादन कम छ।’

गत वर्ष ६ सय क्विन्टल ओखर उत्पादन भएको थियो भने यस वर्ष ५ सय क्विन्टल मात्र उत्पादन भएको छ। जसकारण यस वर्ष ओखर महँगो हुने उनले बताए।

यस्तै, उनले केही दिनअघि भएको भारी वर्षाका कारण त्यति क्षति नभएको पनि उनले बताए। ‘ओखरको बोट स्याउको भन्दा बलियो हुने भएकाले पाकेको ओखरमा त्यति क्षति भएन’, उनले भने, ‘तर वर्षाका कारण ओखरको बिरुवा लगाएका २–३ वटा नर्सरी बगायो।’ तर, बजार राम्रो भएकाले किसान यसतर्फ निकै आकर्षित भइरहेका छन्। यसका लागि आफूहरूले किसानलाई ओखरको तेल पेल्ने मेसिन उपलब्ध गराउने उनले बताए। ‘मंसिरमा ओखरको तेल पेल्ने मेसिन वितरण गर्दै छौँ’, उनले भने।

जुम्लामा उत्पादन हुने ओखरले नेपालको मागलाई धान्दैन। जसकारणले भारत, चाइनाका साथै तेस्रो मुलुकबाट पनि ओखर आयात गरिन्छ। नेपालमा अन्य बेलाभन्दा ओखरको माग तिहारमा अलि बढी हुन्छ। किनभने तिहारमा ओखरलाई भाइमसलाका रूपमा पनि दिने चलन छ।

संस्कृतिविद् गुरुङले भाइमसला दिने चलन वास्तवमा नेवार समुदायको रहे पनि अहिले सबै समुदायका मानिसले दिने गरेको बताए।

पहिलेदेखि नै नेवार समुदाय व्यापार गर्ने समुदाय हो। उनीहरूले चाडपर्व, विवाहलगायतमा ओखर, बदामलगायत फल दिने गर्छन्’, उनले भने, ‘अन्य समुदायले भने सेलरोटीलगायत खानेकुरा दिन्थे। तर, अहिले समय बदलिएको छ। जसले गर्दा सबै समुदायमा भाइमसला दिने चलन छ।’

तिहारमा विशेषगरी हाडे ओखर दैलोमा फुटाउन प्रयोग हुने भए पनि दाँते ओखर भाइमसलामा प्रयोग हुने जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख देवकोटाले बताए।

उनले भने, ‘ओखरका तीन किसिमका प्रजाति छन्। एउटा लोकल ओखर, हाडे ओखर र दाँते ओखर, हातले फोड्न सकिने ओखर छ, जसलाई हाते ओखर भनिन्छ।’ यी ओखरका बिरुवा भने तेस्रो मुलुकबाट आयात गरिने उनले बताए। बिरुवा मात्र होइन, ओखर नै भारत, चाइना तथा तेस्रो मुलुकबाट आयात भइरहेको छ।

तर, भाइमसलामा जाने ओखर तथा अन्य सामग्री भाइमसलाका लागि भनेर आयात नगरिने भन्सार विभागले जानकारी दिएको छ।

भन्सार विभागको साउन, भदौ र असोजको तथ्यांक हेर्दा ५ अर्ब ५ करोड ९९ लाख ८० हजार रुपैयाँको भाइमसलामा प्रयोग हुने ओखर, नारिवल, बदाम, किसमिसलगायत ‘ड्राइ फुड’ आयात भएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?