कांग्रेस महाधिवेशन तोकिएको समयमै हुन्छ – प्रधानमन्त्री देउवा

कांग्रेस महाधिवेशन तोकिएको समयमै हुन्छ – प्रधानमन्त्री देउवा
+
-

भक्तपुर – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औं महाधिवेशन तोकिएको समयमै हुने बताएका छन्।

कांग्रेस भक्तपुर जिल्लाले शुक्रबार तिहार, नेपाल संवत र छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कांग्रेसको महाधिवेशन समयमै हुने दाबी गरेका हुन्।

उनले कांग्रेस महाधिवेशन हुँदैन भन्ने अरुको कुरामा विश्वास नगर्नसमेत आग्रह गर्दै महाधिवेशनको तयारीमा लाग्न नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिए। ‘जसले जे भने पनि कुरा नपत्याउनुस्, अधिवेशन समयमा हुन्छ, हुन्छ’, प्रधानमन्त्री देउवाले भने, ‘अब अधिवेशन पार्टी सभापतिको हातमा छैन। निर्वाचन समितिको हातमा छ। मैले चाहेर पनि हुँदैन, मैले भनेर पनि हुँदैन। अधिवेशनको तयारीमा लाग्नुहोला।’

उनले पार्टीको महाधिवेशन आफ्नो हातमा नभएको र निर्वाचन समितिले पार्टीको महाधिवेशन समयमै गराउने बताए। पार्टी महाधिवेशन स्वस्थ रुपमा हुनुपर्ने भन्दै प्रधानमन्त्री देउवाले जीत र हारले पार्टीभित्र दुश्मनी बढाउन नहुने स्पष्ट पारे।

‘अहिले पार्टी अधिवेशन आउँदै छ, यसमा देशभरबाट सर्वसम्मतिमा सभापति बनाउनुस्, हुँदै हुँदैन भने स्वस्थ प्रतिस्पर्धाबाट सभापति बनाउनुस्, त्यसमा जीतहार हुन्छ, हार्नेले जित्नेको सहयोग र जित्नेले हार्नेको सहयोग लिनुपर्ने हुन्छ’, उनले भने, ‘जीतहारमा दुश्मनी नबढोस्, पार्टीभित्रको मामिला हुनाले जीतहारमा दुश्मनी नबढोस्, त्यस्तो अधिवेशन हुनुपर्छ।’

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष