भक्तपुरमा जुवाखालबाट दलसम्बद्ध नेता तथा पत्रकारसहित १५ जना पक्राउ

भक्तपुरमा जुवाखालबाट दलसम्बद्ध नेता तथा पत्रकारसहित १५ जना पक्राउ
+
-

भक्तपुर – प्रहरीले जुवाखालबाट नगदसहित १५ जनालाई पक्राउ गरेको छ। गएराति चाँगुनारायण नगरपालिका–८ सुडाल पुरीगाँउस्थित मणिराम पुरीकाे घरमा जुवा खेलिरहेकाे अवस्थामा महानगरीय प्रहरी परिसर भक्तपुरबाट प्रहरी निरीक्षक लोकबहादुर जिसीको कमाण्डमा गएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी दीपक गिरीले जुवातास खेलिरहेको जानकारी आएपछि गएको टोलीले पुरीकाे घरमा छापा मार्दा जुवातास खेलिरहेकाे अवस्थामा नगद रु १२ लाख ४३ हजार ७८० सहित १५ जनालाई पक्राउ गरेको जानकारी दिए।

उनका अनुसार पक्राउ पर्नेमा जुवातास खेलाउने घरधनी ५२ वर्षीय मणिराम पुरी, जुवा खोल्ने २५ वर्षीय सुशील खत्री, २८ वर्षीय चन्द्रशेखर खत्री, ३३ वर्षीय नवराज खत्री, ५१ राजन कार्की, ४२ वर्षीय चिरञ्जीवी फुँयाल, ३० वर्षीय जनक खत्री, ४३ जीवन श्रेष्ठ, ३७ वर्षीय परमेश्र थापा, ३८ वर्षीय प्रेमकुमार विक, ४५ वर्षीय सरोज भण्डारी, ३९ विनोद तिमिल्सिना, ३५ वर्षीय विकास लामा, ३८ वर्षीय रुपेश नायजू र काठमाडाैँ गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटीका ५० वर्षीय रामु भण्डारी छन्।

प्रहरीका अनुसार पक्राउ पर्नेमा राजनीतिक दलसम्वद्ध केही युवा नेता र पत्रकारसमेत छन्। यसअघि पनि चाँगुनारयणबाट केही युवा नेतासहित प्रहरीले पक्राउ गरी नौ हजार धरौटीमा रिहा गरेको थियो। प्रहरीले नेताको नाम भने सार्वजनिक गरेको थिएन। मणिराम पुरीले यसअघि पनि पटक–पटक जुवातास खेलाउँदै आएको अनुसन्धानबाट खुल्न आएको सूचना अधिकारी गिरीले जानकारी दिए। रासस

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष