काठमाडौँमा छठ पर्वको तयारी

काठमाडौँमा छठ पर्वको तयारी
+
-

काठमाडौँ – मिथिलाञ्चल क्षेत्रमा हर्षोल्लाससाथ मनाइने छठ पर्वको तयारी काठमाडौँमा पनि सुरु गरिएको छ।

विशेषगरी तराईमा मनाइने यो पर्व पछिल्लो समय काठमाडौं उपत्यका र पहाडी क्षेत्रमा समेत मनाउन थालिएको छ। यसै अवसर पारेर गौरीघाटमा छठी माताको पूजाका लागि छठघाट निर्माण भइरहेको छ। छठ पूजा समिति कार्यालय स्थापना गरेर त्यसको निर्माण कार्यलाई तीव्रता दिइएको हो।

काठमाडौँको रानीपोखरी र कमलपोखरीमा भने छठ पर्व नमनाइने भएको छ। निर्माण कार्यले पूर्णता नपाएकाले कमलपोखरीमा छठ पर्व यस वर्ष मनाइने छैन। तर, गहनापोखरी, नागपोखरी, बागमती नदी किनारामा भने छठी माताको पूजा गर्न सरसफाइ थालिएको छ।

त्यसैगरी, पहाडी जिल्लाका कतिपय नदी, किनारा र पोखरीमा पनि यो पर्व मनाउने गरी तयारी थालिएको छ। चार दिनसम्म विशेष रूपमा मनाइने यो पर्वको पहिलो दिन ‘नहाय–खाय’ विधिबाट सुरु हुन्छ।

ब्रतालुले पर्व सुरु हुनु एक दिनअघि नै उसिनिएका धानको चामल, कोदो, माछामासु, मुसुरोसहितका धार्मिक अनुष्ठानका लागि अशुद्ध मानिएका खाद्यवस्तु नखाने चलन छ।

यो विधिलाई ‘अरबा–अरबाइन’ भनिन्छ। आइतबार ‘अरबा–अरबाइन’ गरेका ब्रतालुले भोलि अर्थात् चौथी तिथिमा ‘नहाय–खाय’ र पञ्चमी तिथिका दिन राति एक छाक मात्र अलिनो खानेकुरा खाएर खरना विधि सम्पन्न गर्छन्।

पर्वको मुख्य दिन षष्ठी तिथिमा निराहार ब्रत बसेर साँझपख पवित्र जलाशयमा गई अस्ताउँदो सूर्यलाई अघ्र्य दिइन्छ। सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि यो पर्व समापन गरिने परम्परा छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?