
काठमाडौं- फोटो पत्रकार पूर्णिमा श्रेष्ठ सगरमाथाको सफल आरोहण गरेर काठमाडौं फर्किएकी छिन्।
बुधबार साँझ उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेकी हुन्। विमानस्थलमा आइपुगेकी पूर्णिमाको गालामा हिउँले खाएको घाउ प्रस्टै देखिए पनि मुखमा भने आँट, आनन्दले भरिपूर्ण मुस्कान दौडिरहेको थियो।
गत शनिबार बिहान ८ बजेर १० मिनेटमा सगरमाथाको चुचुरोमा पाइला टेकेकी थिइन्। सगरमाथा आरोहणका लागि श्रेष्ठले मे १४ मा बेसक्याम्प छाडेकी थिइन्।
यसअघि उनले किलर माउन्टेनका रुपमा चिनिने मनास्लुको पनि सफल आरोहण गरिसकेकी छिन्।