छठका लागि सिंगारिए विराटनगरका खोला–पोखरी, मेयर पराजुलीले गरे दण्डप्रणाम यात्रा

छठका लागि सिंगारिए विराटनगरका खोला–पोखरी, मेयर पराजुलीले गरे दण्डप्रणाम यात्रा
+
-

मोरङ – छठ पर्वको मुख्य दिन बुधबार विराटनगरका विभिन्न खोला, नहर तथा पोखरी सिंगारिएका छन् ।

सिंगिया खोला किनार, महानगर भएर बग्ने सुनसरी मोरङ सिचाई आयोजनाको नहर, केशलिया खोला तथा पोखरी सिंगारिएका हुन् ।
विराटनगर–११ पिछरास्थित नहरमा समेत बिहानदेखि छठ पूजाका लागि सरसफाई तथा सिंगार सज्जा गरिएको छ ।

छठ पूजा समारोह समितिका मदन बरालले कोभिड–१९ को जोखिम यथावत रहेको जनाउँदै सबैलाई छठ पर्व सुरक्षित भएर मनाउने आग्रह गरिएको बताएका छन्। नहरमा बेलुका र बिहानको समय सर्वसाधारणको अत्यधिक भिड हुने भएको हुँदा समितिले सबैलाई मास्क अनिवार्य लगाउन समेत आग्रह गरेको उनले बताए।

कोभिड–१९ का कारण गतवर्ष सार्वजनिक स्थलमा छठ पूजा गरिएको थिएन। छठ पूजाका क्रममा श्रद्धालु भक्तजनले बुधबार बेलुका अस्ताउँदै र बिहीबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन् ।

यसैबीच विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले दण्डप्रणाम यात्रा गरेका छन् । उनले पोखरियास्थित ठूलोमिल चोकमा रहेको शिव पञ्चाङ्ग मन्दिरबाट छठ पूजा स्थल सिंघिया घाटसम्म घिस्रेर दण्डप्रणाम गरेका थिए।

१८ औँपटक दण्डप्रणाम यात्रा गरेका मेयर पराजुलीले छठ पूजाले मनोकांक्षा पूरा हुने विश्वास रहदै आएको बताए। विश्व शान्ति र महानगरवासीको सुख शान्तिका लागि आफूले व्रत बस्दै आएको उनको भनाई छ ।

उनले आउँदो स्थानीय चुनावमा पुनः मेयरको उम्मेदवार बन्न सक्ने बताए । तर चुनावकै लागि व्रत भने नबसेको उनको भनाई छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?