एमाले बन्दसत्र होटल सेभेन स्टारमा

एमाले बन्दसत्र होटल सेभेन स्टारमा
+
-

चितवन – नेकपा (एमाले) को १० औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र हुने स्थानको टुङ्गो लागेको छ। सौराहाको बाघमारा चौर वा अन्यत्र होटलका विषयमा छलफलपछि होटल सेभेन स्टार परिसरमा हुने टुङ्गो लागेको हो।

होटलमा बन्दसत्रका लागि पर्याप्त हल नभएपछि होटल परिसरमा रहेको खुल्ला ठाउँमा डोम निर्माण गरी हलको व्यवस्था गर्न लागिएको छ। महाधिवेशन मूल व्यवस्थापन समितिका सहसंयोजक तथा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेका अनुसार होटलका हल र परिसरमा निर्माण गरिने डोमलाई महाधिवेशनमा आवश्यकताअनुसार प्रयोग गरिने छ। सो होटलमा एक हजार जना क्षमताको ठूलो एक र साना दुई वटा हलसमेत रहेका छन्। सौराहामा ठूला हल भएको होटलका रूपमा यसलाई चिनिन्छ।

मङ्सिर १० गते नारायणी नदी किनारमा उद्घाटन सत्र गर्ने यसअघि नै निर्णय भएको छ। बन्दसत्र र नेतृत्व छनोटका काम सौराहाबाट हुनेछ। यी दुवै ठाउँको बिहीबारमात्रै पार्टी महासचिव ईश्वर पोखरेलसहित केन्द्रीय नेताले स्थलगत निरीक्षण गरेपछि बन्दसत्र गर्ने ठाउँको टुङ्गो लागेको हो।

एमाले चितवनका अध्यक्ष पार्वती रावलका अनुसार महाधिवेशन प्रतिनिधिलाई सौराहामा बस्ने व्यवस्था मिलाइएको छ। सौराहाका तीन हजार ५०० बेडका लागि होटल व्यवसायीसँग कुराकानी भइरहेको रावलले जानकारी दिइन्। क्षेत्रीय होटल सङ्घ (हान) सौराहा र रेष्टुराँ एण्ड बार एसाेसियसन (रेवान) बीच आवासीय सुविधाका लागि छलफल तीव्र पारिएको छ।

एमालेको बन्दसत्रमा एक हजार ९९९ प्रतिनिधि सहभागी हुनेछन्। तीमध्ये एक हजार ७५० जना जिल्ला-जिल्लाबाट छनोट हुनेछन्। महाधिवेशनको उद्घाटनसत्रमा पाँच लाखभन्दा बढी जनता सहभागी गराइने तयारी एमालेले गरेको छ। रासस

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष