
भक्तपुर – भक्तपुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा शिवप्रसाद मानन्धर चयन भएका छन्। यसअघि वरिष्ठ उपाध्यक्ष रहेका मानन्धर संघकाे विधानअनुसार स्वतः अध्यक्ष भएका हुन्।
सङ्घको वरिष्ठ उपाध्यक्षमा रोशनीमैया धौबन्जा, उपाध्यक्ष (साधारण) तर्फ कृष्णमुरारी न्यौपाने निर्वाचित भए। राेशनीमैयाले अर्का उम्मेदवार महेशबहादुर धाैबञ्जार र कृष्णमुरारीले राजन श्रेष्ठलाई पराजित गरेका हुन्।
संघकाे थप उपाध्यक्षद्वयमा वस्तुगततर्फ राजेन्द्रप्रसाद प्रजापति र एसाेसिएटतर्फ गणेशहरि प्रजापति, महासचिवमा दिनेश गोसाई, सचिवमा विश्वराम दुवाल र कोषाध्यक्षमा सचिन्द्र प्रधानाङ्ग सर्वसम्मत भए।
त्यस्तै सदस्यहरुमा नवीन प्रजापति, अमरबहादुर मानन्धर, पृथ्वीभक्त प्रजापति, ऋषिकेश श्रेष्ठ, रञ्जित मारिखू, रुकेश रञ्जित, गोकर्ण न्यौपाने, गौतम सुजखू, नरेश सुकुपायो, राजेश त्वानाबासु (राजु) सर्वसम्मत भए। वस्तुगत सदस्यतर्फ श्यामप्रसाद मानन्धर, एसाेसिएट सदस्यतर्फ जितेन्द्र खायमली, राजेश त्वानाबासू र लोव्साङ लामा सर्वसम्मत हुँदा महिला सदस्यतर्फ आस्था शाख र श्रीया बल्ल चुनिए।
सङ्घको ३४औँ वार्षिक साधारणसभा तथा अधिवेशनको उद्घाटन नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले शुक्रबार गरेका थिए।