एकादशी बजार भर्न हिँडेको जीप ओखलढुंगामा दुर्घटना

एकादशी बजार भर्न हिँडेको जीप ओखलढुंगामा दुर्घटना
+
-

ओखलढु‌ंगा – एकादशी बजार भर्न ककनी बजार जाँदै गरेको बोलेरो जीप सुनकोशी गाउँपालिकामा दुर्घटनामा परेको छ। ओखलढु‌ंगाबाट ककनी बजार जाँदै गरेको बोलेराे सोमबार बिहान जौबारी सडकबाट करिब सय मिटर तल खोल्सामा खसेको वडा अध्यक्ष झनक कार्कीले पुष्टि गरे।

दुर्घटनामा परी केही यात्रुको हताहती भएको प्रारम्भिक जानकारी प्राप्त भए पनि यकीन विवरण आइसकेको छैन। बोलेरोमा कति सवार थिए भन्ने बारेमा औपचारिक पुष्टि हुन बाँकी छ।

प्रहरी चौकी कोषहाटको टोली घटनास्थल पुगेको छ। दुर्घटनामा परेकाको उद्धार कार्य जारी रहेको वडाध्यक्ष कार्कीले जानकारी दिए।

दुर्घटनामा परेको गाडी सुनकोशी गाउँपालिका- ८ का सुमन बोगटीको रहेको स्थानीयले बताएका छन्। सिद्धिचरण नगरपालिका- १० रुप्सेका स्थानीय चम्पादेवी ककनीको दर्शन गर्न सोमबार बिहानै हिँडेको बताइएको छ। न्युज कारखाना

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष