नक्कली नाेट छाप्ने मेसिनसहित काठमाडौँबाट एकै परिवारका तीन जना पक्राउ

नक्कली नाेट छाप्ने मेसिनसहित काठमाडौँबाट एकै परिवारका तीन जना पक्राउ
+
-

काठमाडौँ – प्रहरीले नक्कली नोट, त्यसलाई छाप्न प्रयोग हुने गरेको मेसिनसहित एकै परिवारका तीन जनालाई पक्राउ गरेको छ। अन्य दुई जना पनि पक्राउ परेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-८ स्थायी घर भई काठमाडौंको गोकर्णेश्वर-६ नारायणटार बस्ने ५६ वर्षीया गोमा श्रेष्ठ, उनकी ४१ वर्षीया छोरी पुष्पा थापामगर र पुष्पाकी २६ वर्षीया छोरा सोमरोज थापामगर छन्। यस्तै सिन्धुपाल्चोकको हेलम्बु-२ स्थायी घर भई  बुढानिलकण्ठ-१० मिलनचोक बस्ने २३ वर्षीय चीरञ्जीवी जोती र १९ वर्षीय सुजन जोतीलाई पनि पक्राउ गरेको छ। जोतीद्वय पनि आफन्त हुन्।

प्रहरीले नक्कली नोटसहित गोमालाई पक्राउ गरेपछि अनुसन्धान सुरु गरेको थियो।

गोमाले आफूलाई उक्त पैसा छोरी पुष्पाले दिएको बताएपछि प्रहरीले पुष्पाको नारायणटारस्थित कोठामा गएर खानतलासी गरेको थियो। प्रहरीका अनुसार पुष्पाको कोठाबाट एक हजार दरका ३६ वटा नक्कली नोट, एक साइडमात्र प्रिन्ट गरिएको अवस्थाका एक हजार दरका २ सय ८ वटा नोट, एक साइडमात्र प्रिन्ट गरिएको पाँच सय दरका एक सय १२ वटा नोट बरामद भएको थियो।

त्यहाँबाट एक सय दरका ८ वटा सक्कली नोट, ५० सय दरका २१ हजार रुपैयाँ बराबरको सक्कली नोट, २० दरका १० हजार ६ सय रुपैयाँ बराबरको सक्कली नोट, १० दरका ५ हजार २ सय रुपैयाँ बराबरको सक्कली नोट र ५ रुपैयाँ दरका २ सय ८५ रुपैयाँ बराबरोको सक्कली बरामद भएको प्रहरीले जनाएको छ।

यसैगरी बुढानिलकण्ठ-१० कपनस्थित सोमरोज थापाको कोठाबाट एक सय दरका एक सय ३७ वटा नक्कली नोटसहित ‘ए फोर पेपर’ मा छापेर छुट्याउन बाँकी रहेको अवस्थाका एक सय दरकै नोटहरु पनि बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार त्यहाँबाट एचपी कम्पनीको रङ्गीन प्रिन्टर र त्यसमा प्रयोग हुने विभिन्न रङहरु पनि बरामद भएको थियो।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष