काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को अनलाईन ट्रेडिङ सफ्टवेयर पुर्ण रुपमा बनेको छ। सफ्टवेयर निर्माता कम्पनी वाइकोले एक तहको प्राविधिक काम सम्पन्न गरे सँगै नेप्सेले युजर एसेपटेन्स टेस्ट (युएटी) गर्ने तयारी गरेको हो। नेप्से स्रोतका अनुसार सफ्टवेयरका १६ मोडुलहरु पूर्ण रुपमा तयार भएको छ।
सफ्टवेयर बनेसंँगै नेप्सेले अन्तर्राष्ट्रिय स्तरको युएटी गर्ने कम्पनी छनोटका लागी शुक्रबार (भोलि) ३० दिन समय दिदैं सुचना प्रकाशित गर्न लागेको स्रोतले जनाएको छ।
युएटी गर्दा नेप्से र वाईको बिच भएका करार सम्झौता, एचआरएस (सिस्टम रिक्वायर स्पेसिफिकेसन) बमोजिम सफ्टवेयर बने नबनेको परीक्षण गरिने छ। यस्तै सफ्टवेयरका सुरक्षा प्रणालीका विषयमा पनि युएटी गर्दा हेरिने छ।
नेप्सेले करिब १ करोड ५० लाख रुपैयाँमा युएटी गर्ने कम्पनी छनोटका लागि बोलपत्र आह्वान गर्न लागेको हो। केहि अवरोध नआई योजना अनुसार काम हुन सके असारको तेस्रोसाता सम्म युएटी गर्ने कम्पनी छनोट हुनेछ।
अन्तर्राष्ट्रियस्तरको कम्पनी माग गरेकाले करिब १ करोड ५० लाखमा कति बोलपत्र पर्छन् भन्नेमा नेप्सेमा अधिकारी एकिन हुन् सकेका छैनन्।
स्रोतले भन्यो, ‘नेपाली कम्पनीले मात्र युटिए गर्न पाउँदैन्, हामीले बनाएको सफ्टवेयरमा कुनै कमजोरी नदेखियोस् भनेरै अन्तर्राष्ट्रियस्तरको कम्पनी ल्याउन खोजेका हौं। नेपाली कम्पनीले कुनै विदेशी कम्पनी सँग मिलेर ज्वाइट भेन्चरमा युटिए गर्न बोलपत्र हाल्न पाउने छन्।’
किन आउँदैन असोज सम्म अनलाईन?
असार तेस्रो साता युटिएका लागी कम्पनीको छनोट गरिए पनि युटिए गर्न कम्तिमा १ महिना लाग्नेछ। साउनको अन्तिम सातासम्म पनि युटिएको काम सम्पन्न भए युटिए गर्ने कम्पनीले दिने प्रतिवेदनका आधारमा वाइकोले सफ्टवेयर परिमार्जन गर्न कम्तिमा १ महिना लाग्नेछ।
नेप्से स्रोतले भन्यो, ‘ हामीले सकेसम्म त्रुटिसहित सफ्टवेयर बनाउने प्रयत्न गरेका छौं तर पनि प्राविधिक काममा कतै न कतै कमजोरी हुन सक्छ, त्यहीँ कमजोरी हटाउन नै युएटी गर्न खोजेका हौं।
परीक्षणका क्रममा हजार समस्या आए पनि समाधान गर्न सकिन्छ तर पहिला बजारमा लैजाने अनि समस्या देखिए सफ्टवेयरको विश्वसनियता प्रश्न उठ्न सक्छ त्यसैले हामी धेरै सजक र सचेत छौं।’
यसअघि नेप्सेले साउन १ गतेबाट पूर्ण रुपमा अनलाइन कारोबार सुरु गर्ने लक्ष्य राखेको थियो। तर युटिएको बोलपत्र तयार गर्न नै समय लागेकाले बोलपत्र आह्वान गर्नै समय लम्बिएको छ।
नेप्से स्रोतले भन्यो, ‘युएटी गर्दा केही पनि समस्या देखिएन भने साउन १ गतेबाट अललाइन ट्रेडिङ सरु होला तर यस्तो हुन्छ भन्ने विश्वास भने छैन्।’
परीक्षणका लागि सफ्टवेयर ब्रोकरलाई दिने तयारी
नेप्सेले आगामी सातासम्म ब्रोकरलाई सफ्टवेयर परिक्षण गर्न दिने तयारी गरेको छ। २/४ ब्रोकर कम्पनीलाई त हाम्रो सिस्टमबाटै परीक्षण गर्न दिन सकिन्छ तर केहि ब्रोकरले आफ्नै हार्डवेयर राख्ने भनेकाले एकै पटक परिक्षण गर्न दिने कि भन्ने हाम्रो सोचाइ हो, नेप्से स्रोतले भन्यो।
ब्रोकरहरुले १ करोडभन्दा बढी लगानी गर्नुपर्ने
अनलाइन सफ्टवेयर सञ्चालन गर्न ब्रोकरहरुले १ करोड रुपैयाँ भन्दा बढी लगानी गर्नु पर्ने नेप्सेले जनाएको छ। डाटा बेस लाइसेन्स, डाटा सेन्टर, डाटा रिकभरी, हार्डवेयर, फाईरवाल, ब्याक अफिस सफ्टवेयर, सर्भर र टिएमएस (ट्रेड म्यानेजमेन्ट सिस्टम) लगायतमा ब्रोकरले पैसा खर्च गर्नु पर्नेछ।
ट्रेड म्यानेजमेन्ट सिस्टममा रिस्क म्यानेजमेन्ट सिस्टम, ट्रेडिङ टर्मिनल व्यवस्थापन, अर्डर म्यानेजमेन्ट सिस्टम गेट हुनेछ। यी सुबिधाहरु नेप्सेले दिने सफ्टवेयरमा हुने छन्।
यस्तै ब्रोकर अफिसमा कम्तिमा २ जना आइटीमा दक्ष जनशक्ति आवश्यक पर्ने नेप्से स्रोतको भनाइ छ।

भर्खरै
लोकप्रिय






































































































































































































