साढे ३३ किलो सुन काण्ड

उर्लाबारीबाट थप एकजना पक्राउ, समन हत्याका लागि सामग्री उपलब्ध गराएको आरोप

उर्लाबारीबाट थप एकजना पक्राउ, समन हत्याका लागि सामग्री उपलब्ध गराएको आरोप
+
-

मोरङ – साढे ३३ किलो सुन तस्करी काण्ड र समन हत्या प्रकणमा संलग्न भएको आरोपमा प्रहरीले थप एकजनालाई पक्राउ गरेको छ । प्रहरीले मोरङको उर्लाबारीबाट बिहीबार बेलुका रेवत भनिने रेवन्तकुमार आचार्यलाई पक्राउ गरेको हो ।

अनुमानित ३८ वर्षका आचार्यलाई उलार्बारीबाट पक्राउ गरिएको जिल्ला प्रहरीका कार्यालय मोरङले जनाएको छ । उर्लाबारीकै बासिन्दा आचार्यको उर्लाबारी चोकमा सुन पसल रहेको छ ।

उनीमाथि सनम शाक्यको हत्याका लागि चुडामणि उप्रेती उर्फ गोरे समूहले प्रयोग गरेको सामान उपलब्ध गराएको आरोप रहेको छ । उनले समनको हत्याका लागि प्रयोग भएका तार, ब्याट्रीसहितका सामान उपलब्ध गराएको प्रहरीको आरोप छ ।

आचार्यलाई गोरेले अदालतमा दिएको बयानका आधारमा पक्राउ गरिएको बुझिएको छ । आचार्य तत्कालीन एमाले र अहिलेको नेकपाका स्थानीय कार्यकर्ता पनि रहेको बताइएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?