दुर्घटनापछि टिपरमुनि पल्टिएका मोटरसाइकल चालकको मृत्यु

दुर्घटनापछि टिपरमुनि पल्टिएका मोटरसाइकल चालकको मृत्यु
+
-

भक्तपुर – भक्तपुरमा सडक दुर्घटनापछि टिपरमुनि पल्टिएका मोटरसाइकल चालकको मृत्यु भएको छ।

महानगरीय प्रहरी भक्तपुरका अनुसार मोटरसाइकल चालक काभ्रेको रोशी गाउँपालिका ३ घर भई हाल काठमाडौँको कलंकी बस्ने २२ वर्षीय मिलन तामाङको मृत्यु भएको हो।

घटनाविवरणअनुसार शनिबार बिहानै १ः३५ बजे अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक नगरपालिका ८ सूर्यविनायकमा उक्त घटना भएको थियो। तामाङ बाग्मती प्रदेश ०२–०३०प०१६८ नम्बरको मोटरसाइकल चढेर जगातीबाट सूर्यविनायकतर्फ जाँदै गरेका थिए। उनले एउटै दिशामा जाँदै गरेको प्रदेश नं ३–०१–००३ क ७८५१ नम्बरको टिपरलाई दाहिने साइडबाट ओभरटेक गरेका थिए। सोही क्रममा मोटरसाइकल सडक डिभाडरमा ठक्कर लाग्न गई टिपर भएतर्फ पल्टिँदा टिपरको पछाडिको चक्कामा तामाङ पर्न गएको भक्तपुर प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।

दुर्घटनामा परी गम्भीर घाइते भएका तामाङलाई तत्कालै घटनास्थलमा पुगेको महानगरीय प्रहरी वृत्त जगातीको प्रहरी टोलीले उद्दार गरी भक्तपुर अस्पताल पुर्‍याएको थियो।

उपचारकै क्रममा शनिबार बिहान करिब २ बजे मोटरसाइकल चालक तामाङको मृत्यु भएको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए। महानगरीय प्रहरी वृत्त जगातीबाट प्रहरी निरीक्षक वासु खरेलसहितको प्रहरी टोलीले घटनास्थल प्रकृति मुचुल्का तथा प्रारम्भिक अनुसन्धान कार्य गरेको भक्तपुर प्रहरीले जनाएको छ।

प्रहरीले दुर्घटित दुवै सवारीसाधन र टिपर चालक काभ्रेको मण्डन देउपुर नपा १० घर भई हाल काठमाडौँको चाबहिल बस्ने २८ वर्षीय सोमबहादुर लामालाई नियन्त्रणमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको भक्तपुर प्रहरीले जनाएको छ।

रातको समयमा सडकको अवस्था नहेरी असावधानीपूर्वक सवारीसाधन चलाउँदा दुर्घटना हुन गएको भक्तपुर प्रहरीले बताएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष