कर घटाएर भए पनि पेट्रोलियमको मूल्य घटाउनु पर्छ – अध्यक्ष नेपाल

कर घटाएर भए पनि पेट्रोलियमको मूल्य घटाउनु पर्छ – अध्यक्ष नेपाल
+
-

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले करको दायरा घटाएर भए पनि सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाउनुपर्ने बताएका छन्। उनले पेट्रोलियम पदार्थको पटकपटक मूल्य बढाएर जनतालाई मारमा पार्न नहुनेमा जोड दिए।

विद्यार्थी संगठनहरुले पेट्रोलियम पदार्थको कर घटाई मूल्यवृद्धि फिर्ता लिन माग गर्दै आइतबार बुझाएको ज्ञापनपत्र लिँदै अध्यक्ष नेपालले पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुनुमा राजनीतिक कारण हुनसक्ने तर त्यसैकरणले जनतालाई पीडा दिएर मूल्यवृद्धि गर्न नमिल्ने बताए।

‘सरकारले पनि बरु करको दायरा घटाउनुप¥यो। जतासँग प्रत्यक्ष जोडिएका कुराहरुमा मारमा पार्नुभएन’, उनले भने, ‘ग्यासमा १२ दिनको अन्तरालमा १२५ रुपैयाँ बढाउनु जनतामाथि अत्याचार भएको छ। म प्रधानमन्त्रीको ध्यानाकर्षण पनि गराउनेछु।’

नेता नेपालले मन्त्री खाली रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय आफ्नो दललाई दिन माग गर्दा प्रधानमन्त्री देउवाले नसुनेको गुनासो गरे। ‘प्रधानमन्त्री आफैले सबै कुराहरुलाई राम्रोसँग बुझ्न समय दिन सक्दैनन्। त्यसको निम्ति हामीले भनिरहेका छौँ। अरु कोही नपाइए हामी छँदै छौँ नि मन्त्री दिने भनिरहेका छौँ। सुन्दैनन्’, उनले भने।

अध्यक्ष नेपापलले पेट्रोलियम पदार्थको मूल्यवृद्धिलाई लिएर सरकार गम्भीर हुनुपर्ने बताए। सरकार गम्भीर बन्न नसके सत्ताधारी पार्टीहरुले त्यसमा चासो र सरोकार राख्नुपर्ने उनको भनाइ छ। उनले रक्सौलमा पेट्रोलियम पदार्थ आउने पाइपलाइन जोडिसकेपछि पनि तेलको मूल्य महंगो भइरहेकोमा आफूलाई अचम्म लागेको सुनाए।

‘रक्सौलबाट पाइपलाइन जोडिसकेपछि सस्तो हुनुपर्ने हो। मैले पनि बुझिरहेको छैन किन महंगो भइरहेको छ? हिजो कति खर्च हुने गर्दथ्यो? त्यसमा ढुवानीका कुरादेखि लिएर जति तेल भरिएको छ, त्यो यहाँ आउँदा बीचैमा चोरिने, त्यसले हुने गरेको नोक्सानी कति छ, त्यसको हिसाबकिताब हुन्छ कि हुँदैन?’, नेता नेपालको प्रश्न थियो।

अखिल क्रान्तिकारी, अनेरास्ववियू र समाजवादी विद्यार्थी युनियनलगायतका ५ विद्यार्थी संगठनहरुले पेट्रोलियम पदार्थमा भएको करको दायरा घटाई मूल्यवृद्धि फिर्ता लिनुपर्ने माग राखेका छन्। विद्यार्थी संगठनले सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नलिए कठोर आन्दोलनमा उत्रिने चेतावनी दिएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष