प्रथम प्रधानसेनापति राष्ट्रिय लन टेनिस प्रतियोगिता हुने, विजेताले ५० हजार रुपैयाँ जित्ने

प्रथम प्रधानसेनापति राष्ट्रिय लन टेनिस प्रतियोगिता हुने, विजेताले ५० हजार रुपैयाँ जित्ने
+
-

काठमाडौँ – नेपाली सेनाले प्रथम प्रधानसेनापति राष्ट्रिय लन टेनिस प्रतियोगिता गर्ने भएको छ। नेपाली सेनाको नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रको आयोजनामा उक्त प्रतियोगिता यहीं मंसिर २७ देखि पुस ५ गतेसम्म हुने भएको हो।

प्रतियोगितामा खुलातर्फ ४, भेट्रान्सतर्फ ७ र अन्तरसरकारीतर्फ एक गरी १२ विधामा स्पर्धा गराइनेछ। केन्द्रका केन्द्रपति महासेनानी मुनाल बस्नेतका अनुसार खुलातर्फ पुरुष र महिला एकल र युगल, भेट्रान्सतर्फ ३५ वर्ष, ४५ वर्ष, ५५ वर्षमाथिको एकल र युगल तथा ६५ वर्षमाथिको एकल स्पर्धा हुनेछ।

प्रतियोगिताको खुलातर्फ एकल स्पर्धाका विजेताले उपाधिसँगै नगद ५० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन्। पहिलो उपविजेता र दोस्रो उपविजेताले भने क्रमशः २५ हजार र १५ हजार रुपैयाँ पाउनेछन्। युगलतर्फको विजेताले ४० हजार पाउँदा पहिलो उपविजेताले २० र दोस्रो उपविजेताले १० हजार रुपैयाँ जित्नेछन्।

भेट्रान्स विधातर्फ ३५ वर्षमाथिको एकलका विजेताले ३० हजार नगद पुरस्कार जित्दा युगलका विजेताले २५ हजार पाउनेछन्। ४५ वर्षमाथिको एकल विजेताले २५ हनार र युगल विजेताले २० हजार रुपैयाँ नगद पुरस्कार पाउने महासेनानी बस्नेतले जानकारी दिए।

उनका अनुसार ५५ वर्षमाथिका एकल विजेताले २० हजार नगद पुरस्कार पाउँदा युगलका विजेताहरुले १५ हजार रुपैयाँ पाउनेछन्। ६५ वर्षमाथिको एकलका विजेताले भने १५ हजार रुपैयाँ नगद पुरस्कार पाउने आयोजकले बताएको छ।

अन्तरसरकारीतर्फ खुला पुरुष युगलमा स्पर्धा हुने केन्द्रपति महासेनानी बस्नेतले जानकारी दिए। यस स्पर्धाका विजेताले २५ हजार रुपैयाँ नगद जित्नेछन्। त्यस्तै पहिलो र दोस्रो उपविजेताले क्रमशः १३ हजार र ७ हजार रुपैयाँ पाउने उनले बताए।

नेपाल लन टेनिस संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा खेलाडीहरुले व्यक्तिगत स्पर्धा गर्न पाउने छैनन्। कुनै न कुनै क्लवमा आवद्ध भएर खेल्नुपर्ने खेलाडीहरुले बढीमा दुइटा इभेन्टमा मात्रै सहभागी हुन पाउने नियम बनाइएको छ।

केन्द्रले कुनै पनि इभेन्टमा कम्तीमा ८ वटा क्लवको सहभागिता हुनुपर्ने जनाएको छ। सहभागी टीम कम भए पुरस्कारको राशी घटाइने वा खेलसमेत स्थगित गर्न सकिने केन्द्रले जनाएको छ।

प्रतियोगितामा सहभागी हुन एकलतर्फ एकहजार पाँच सय र युगलतर्फ दुईहजार रुपैयाँ दर्ता शुल्क तोकिएको छ। केन्द्रले प्रतियोगितामा सहभागी हुने खेलाडी, अफिसियल तथा दर्शकले कोभिड १९ को खोप लगाएको हुनुपर्ने व्यवस्था गरेको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष