नेपाली कांग्रेस १४औँ महाधिवेशन

कांग्रेस भक्तपुर क्षेत्र नं १ को सभापतिमा जीवन खत्री, तरुण दलका पूर्वअध्यक्ष कायस्थ महाधिवेशन प्रतिनिधिमा पराजित

कांग्रेस भक्तपुर क्षेत्र नं १ को सभापतिमा जीवन खत्री, तरुण दलका पूर्वअध्यक्ष कायस्थ महाधिवेशन प्रतिनिधिमा पराजित
+
-

भक्तपुर – नेपाली कांग्रेसको भक्तपुर क्षेत्र नं १ को सभापतिमा जीवन खत्री विजयी भएका छन्। कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत यहाँ भएको निर्वाचनमा खत्री २७१ मतसहित निर्वाचित भएका हुन्। कांग्रेस सभापति शेरबहादुर देउवा पक्षीय खत्रीले संस्थापनइतरका उद्धव खड्कालाई पराजित गरेको थिए। पराजित खड्काले ११६ मत ल्याए।

क्षेत्र नं १ मा निर्वाचित खत्री यसअघि पनि क्षेत्रीय सभापति थिए भने पराजित खड्का भने क्षेत्रीय सचिव। क्षेत्र नं १ मा खत्रीको प्यानलले नै जीत दर्ता गरेको छ। जसअनुसार क्षेत्रीय सचिवमा समुद्र थापा र रविनकुमार केसी तथा सहसचिवमा रामकाजी भुजू र राजेश्वर वन विजयी भए।
कार्यसमिति सदस्यमा बलबहादुर श्रेष्ठ, सहदेव श्रेष्ठ, लक्ष्मीभक्त गोसाईं, निलकृष्ण साख, कमलकेशरी चौगुठीलगायत निर्वाचित भए।

क्षेत्र नं १ को महाधिवेशन प्रतिनिधिमा मिश्रित परिणाम आएको छ। यस क्षेत्रबाट बागमती प्रदेशका भौतिक विकासमन्त्री कृष्णलाल भँडेल र प्रदेश सांसद रजनी जोन्छे महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुँदा नेपाल तरुण दलका पूर्वअध्यक्ष विनोदप्रकाश कायस्थ भने पराजित भएका छन्। निर्वाचित भँडेल र जोन्छे संस्थापन पक्षका हुन् भने कायस्थले संस्थापनइतरबाट उम्मेदवारी दिएका थिए।

कायस्थले कांग्रेस भक्तपुर जिल्ला सभापतिमा उम्मेदवारी दिने आकांक्षा राखेका थिए। त्यसको लागि उनको नेतृत्वमा भक्तपुरमा कांग्रेसको परम्परागत समीकरण भत्किएर नयाँ समीकरण निर्माण भएको थियो। तर क्षेत्रीय अधिवेशनको संघारमा उक्त नयाँ समीकरणसमेत भत्किएपछि क्षेत्र नं १ मा संस्थापनइतर समीकरणले नराम्रो पराजय भोग्नुपरेको छ।

महाधिवेशन प्रतिनिधिमा संस्थापनइतर पक्षबाट नेपाल कानुन आयोगका पूर्वअध्यक्ष बाबुराजा जोशी, प्रवीण वन, नेपाल महिला संघ भक्तपुरकी अध्यक्ष सरु बानियाँ र पूर्वनगर अध्यक्ष गंगालक्ष्मी अवाल महाधिवेशन प्रतिनिधिमा निर्वाचित भए।

महाधिवेशन प्रतिनिधिमा संस्थापन पक्षबाट जगन्नाथ कार्की, राजाराम खड्का, दयामान कर्माचार्य, हरिप्रसाद नेपाल, पुष्कर खत्री, पुरुषोत्तम लामिछाने, मनोजकुमार थापा विजयी भए। महिलातर्फ सुभद्रा काफ्ले, रुपा थापा र संगीता फुयाल विजयी भए।

महाधिवेशन प्रतिनिधिमै संस्थापन पक्षबाट सुरेश श्रेष्ठ, रत्नसुन्दर खाइतू, जीवन भुजू, केशव दुवाल, गोविन्द थापा, नवराज दाहाल, रञ्जना कक्षपती र हरिकृष्ण श्रेष्ठ विजयी भएका छन्।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष