काम गर्दैन के गर्न सक्छस् भन्ने कर्मचारी पनि छन्ः पर्यटनमन्त्री अधिकारी

काम गर्दैन के गर्न सक्छस् भन्ने कर्मचारी पनि छन्ः पर्यटनमन्त्री अधिकारी
+
-

काठमाडौं- संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रबिन्द्र अधिकारीले एकसय दिन भित्र गर्ने भनेर सार्वजनिक गरिएका काममा ९५ प्रतिशत काम सम्पन्न भएको  दाबी गरेका छन्। अधिकारीले सय दिनमा गर्ने भनेर १८ बुँदामा बिभिन्न ८२ कामहरु सार्वजनिक गरेका थिए।

मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री अधिकारीले भने, ‘काम गर्नकै लागी कार्यक्रम तय गरेका थियौं र सोहि अनुसार काम पनि गरेका छौं। लक्ष्यअनुसार काम गर्ने सम्पुर्ण कर्मचारीलाई धन्याबाद दिन चाहन्छु। सुरुका १५ दिन सम्म मन्त्रालयका धेरै साथीहरुले सयदिनको कार्यसुचिलाई खेलाचिमा लिएका थिए तर लगातार मैले सोधेको सोध्यै गर्न लागेपछि काम भएको छ।’

अब बजेट लगत्तै वर्ष भरी गर्ने कार्यक्रम सार्वजनिक गरिने र कम्तिमा चार/चार महिनामा प्रगति विवरण सार्वजनिक गर्ने अधिकारीले घोषणा गरे।

सीमित स्रोत साधन, बस्तुनिष्ठ आयोजनाको अभाव, कमजोर कार्यान्वयन क्षमता र काम गर्ने कर्मचारीलाई प्रोत्साहन र नगर्नेलाई कारवाही गर्न सकिने स्पष्ट कानुनी व्यवस्था नहुँदा समयमै आयोजना सम्पन्न नहुने गरेको उनको भनाइ थियो।

केही कर्मचारी यस्ता छन् काम गर्दैन के गर्न सक्छस् भन्ने व्ययभार देखाउछन् मन्त्री अधिकारी भने हाम्रो सिस्टम पनि कमजोर छ, काम नगर्नेलाई बढिमा गर्ने भनेको किन भएन भनेर कडा प्रश्न सोध्ने र अन्तिममा सरुवा गर्ने हो यस्तै राम्रो काम गर्नेलाई पनि बढिमा गर्ने भनेको स्यावास राम्रो गर्यौं , अब  यसमा पनि केही परिवर्तन हुनुपर्छ।

केही कर्मचारी काम नगर्ने तर गणेश प्रबृति देखाउने भन्दै अब यसरी नचल्ने अधिकारीले बताएका थिए। उनले भने, ‘धेरै काम गर्ने कर्मचारी पनि छन्,  हामीले कुमारलाई भन्दा गणेशलाई पुझे जस्तै कहिले काहिँ गल्ती पनि हुन्छ तर म गणेश प्रबृतिसँग सजग छु।’

‘सरकार जनताको पक्षमा काम गर्न प्रतिबद्ध छ, समृद्ध नेपाली बिना सुखी नेपालीको चाहना पुरा हुन सक्दैन हामी प्रधानमन्त्रीको समृद्धिको योजना अनुसार काम गर्न तयार छौं’, उनले भने।

१ वर्ष भित्र भैरहवा विमानस्थल र ३ वर्ष भित्र पोखरा विमानस्थल निर्माण सम्पन्न गर्ने दोहोर्‍याएका अधिकारीले काभ्रेको नागिडाँडामा पनि आन्तरिक विमानस्थल निर्माण गरिने बताएका थिए।

मन्त्री अधिकारीले एक सय दिनभित्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टा सञ्चालन, निजगढ विमानस्थलको वातावरणिय प्रभाव मुल्यांकन प्रतिवेदन (ईआईए) पारित, राजविराज र साफेवगर विमानस्थल सञ्चालन लगाएत कार्ययोजनामा समेटिएका अधिकान्स कामहरु सम्पन्न गरेका छन्।

यस्तै पशुपति क्षेत्रलाई मगन्ते निषेधित क्षेत्र बनाउनु, नेपाल एयरलाइन्सका जहाज चलाउनुलाई उपलब्धि मानेका छन्।  भिजन २०-२० को प्रबर्धनात्मक काम सुरु हुनु पुराना अभिलेखहरु डिजिटलाइजेसन, सांस्कृतिक सम्पदाको पुनर्निर्माणको सुरुवातलाई पनि उपलब्धि मानिएको छ।

काभ्रेको नागिडाँडामा विमानस्थल बनाउने योजनाको आलोचना भईरहँदा अधिकारीले भने, ‘अहिले १० लाख पर्यटक आउने गर्छन् २० लाख ३० लाख पर्यटक ल्याउन पुर्वाधार नै नबनाउने?’ नागिडाँडा विमानस्थलले अहिले नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ३० प्रतिशत चाप घटाउने हुदाँ प्रविधिक रुपमा सम्भव भए नागिडाँडा विमानस्थल बनाइने बताए।

‘विमानस्थलमा धेरै नै सुधार गरेका छौं, मेरो प्रशंसा गर्नु पर्छ भन्ने छैन तर आलोचना पनि तार्किक गर्न आग्रह गर्छु।’ अब बन्द भएका  विमानस्थलमा पनि जहाज चल्नु पर्छ अधिकारी भने काठमाडौंबाट मात्र विमान चल्नु पर्छ भन्ने छैन् क्षेत्रीय विमानस्थलमाबाट पनि चलाउन सकिन्छ।

हाल नेपालमा रहेका ३६ विमानस्थलमा १८ विमानस्थलमा सञ्चालनमा छैनन्।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’