
चितवन – नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं १०औँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजक रामबहादुर थापा बादलले सहमतिबाटै नेतृत्व चयन गर्ने पार्टीको निष्कर्ष रहेको बताएका छन्।
महाधिवेशनमा सहभागी हुन बिहीबार चितवन आइपुगेका बादलले सहमति नभए केही पदमा निर्वाचन हुनसक्ने बताए।
आफू कुन पदमा उम्मेदवारी दिने भन्ने विषयमा अझै टुंगोमा नपुगिएको भन्दै उनले अब निर्णय गर्ने बताए। ‘स्थानीय तहमा सहमतिले नै नेतृत्व चयन गर्याैँ। अहिले केन्द्रीय समितिको पनि सकेसम्म सहमतिले नै नेतृत्व चयन गर्ने भन्ने पार्टीको निष्कर्ष छ। सहमति भएन भने केही पदमा निर्वाचन हुन पनि सक्छ।’
महाधिवेशनमा सहभागी हुन एमाले शीर्ष नेताहरु चितवन आउने क्रम सुरु भएको छ। -न्युज कारखाना